‘मलाई बचाउनुस्, बाचाउनुस्’
|
गुल्मी ,
घाइते श्रीमती जीवनको भीख मागिरहेकी छन् । चित्कारले मुटु फुट्लाजस्तो हुन्छ । तर आफूसँग केही उपाय छैन । त्यतिबेला संसारमा आफू बाँच्नुको कुनै अर्थ देख्दैनन् रेसुंगा नगरपालिका– १४ का कृष्णबहादुर तङनामी मगर (३५) ले । र, बिष पिइदिन्छन् दुःखबाट भाग्न । तर उनी दुःखबाट भाग्न सक्दैनन्, बाँच्छन् ।
यता श्रीमती हिमा तङनामी मगर (३०) को चीत्कार अझै बढिरहेको छ । ढाडदेखि तलको शरीर नचल्ने भएको छ । अवस्था चिन्ताजनक छ । तर उपचार गर्न लैजाने उपाय कृष्णसँग छैन । सम्पत्तिका नाममा चारैतिर बाँसले बारेको सानो झुपडी छ । झुपडीवरिपरि खुर्सानी लगाउने ठाउँसम्म छैन । बिहानै उठ्नु, श्रीमान–श्रीमती नै तानसेन–तम्घास सडकखण्डको उर्लेनीमा ढुङ्गा फोर्न जानु र साँझ त्यसैको ज्यालाबाट चुलो जलाउनु उनीहरूको दैनिकी थियो । त्यसैबाट तीन सन्तानको पालनपोषण गरिरहेका थिए । तर गत सात महिनाबाट त्यो दैनिकी ठप्प छ । भोक मेट्नै गाह्रो परेपछि १३ वर्षीय छोरो स्कुल छाडेर छिमेकीको सहयोगमा दिल्लीमा काम गर्न गएका छन् । दस बर्षकी छोरी उर्लेनीको सडकमा थाल थापेर भीख माग्दै भोक मेटाउँछिन् ।
उर्लेनी भन्नेबित्तिकै ढुङ्गा खानी र मजदुरहरूको गाउँ भनेर चिनिन्छ । गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्ने दुबीचौर–९ दुई बर्षअघिदेखि रेसुङ्गा नगरपालिका–१४ बनेको छ । तर त्यहाँका मजदुरहरूको अवस्थामा केही उन्नति भएको छैन । भारतीय सेनामा जागिर खानेको परिवारबाहेकको आर्थिक अवस्था दयनीय छ । त्यसैमध्येका हुन् हिमा–कृष्णको परिवार पनि ।
कृष्णले बालककालदेखि नै उर्लेनीको ढुङ्गाखानीमा पसिना बगाए । १५ बर्षअघि कृष्णकी जीवनसाथी बन्न आइपुगेकी हिमा पनि गिटी कुटेर गुजारा गर्दै आएकी थिइन् ।
२४ भदौमा पनि उनले दिनभरी गिटी कुटिन् र साँझ दाउरा बनाउन रूख चढिन् । तर उनले टेकेको लाछियो, समाएको हाँगो भाँचियो । ढाड र पेटमा गम्भीर चोट लाग्यो । उनकै छिमेकी एवं रेसुङ्गा–१४की वडा नागरिक मञ्चकी संयोजक खिमा बस्नेतले तम्घास–पाल्पा हुँदै बुटवलसम्म लगेर उनको उपचार प्रयास् गरिन् । त्यस क्रममा झण्डै एक लाख खर्च भयो । तर उपचार सम्भव भएन । त्यसपछि हिमा घरमै छिन् । पीडाले उनी चिच्याइरहन्छिन्, ‘मलाई बचाउनुस्, बऽऽऽचाउनुस् ।’
त्यही चीत्कार सुन्न नसकेर कृष्णले एक महिनाअघि विष सेवन गरे । उनलाई छिमेकीहरूले पाल्पा अस्पताल पुर्याए । उनी त बाँचे तर काम गर्न सक्ने अव
स्थामा छैनन् ।
आँखाबाट बरबर आँसु झार्दै उनी भन्छन्, ‘श्रीमतीले बचाउनुस्ऽऽऽबचाउनुस् भनेर चिच्याएको, कराएको सहन धेरै गाह्रो हुन्छ । साथमा सुको पैसो छैन । साहुले पनि पत्याएनन् । सम्पत्तिका नाममा यही छाप्रो हो । सवैसँग हारगुहार गरिसकेँ । केही भएन । छिमेकी दिदीले एक लाख जति सहयोग गरिसक्नुभयो । तर पनि श्रीमती बचाउन नसक्ने देखेपछि श्रीमान भएर बाँच्नुको अर्थ नै देखिनँ । त्यसैले विष खाएँ । तर काल आको रहेनछ । मेरो झन् विजोग भो । अब झन् कसरी बाँच्नु ?’
उक्त परिवारको अवस्था देखेर खिमाको पनि उत्तिकै विह्वल छिन् । उनले सकेको सहयोग गरिसकिन् । तर त्यतिले गरेको उपचार लागेन । उनी गहभरी आँशु पार्दै भन्छिन्, ‘यो देशका मन्त्री, प्रधानमन्त्री र हाम्रो बिमार एउटै होईन र ? नेताहरू रुघा लाग्दा करोडौं खर्चेर विदेश जान्छन् । जनता भने मर्न लाग्दा पनि उपचार पाउँदैनन् । यो कस्तो विडम्बना हो ?’
उनैले सात महिनादेखि विचल्लीमा परेको परिवारबारे नेपाल पत्रकार महासंघ, गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठलाई बताएका थिइन् । श्रेष्ठबाट पाएको सूचनाको आधारमा उर्लेनी पुग्दा हिमाको अवस्था चिन्ताजनक थियो । दिसा– पिसाबको लागि टाढा जान नसक्दा साँघुरो झुपडी दुर्गन्धित बनेको थियो । कृष्ण बिषको असरले अर्धपागलजस्तै बनेका थिए । हिमाको अवस्था चिन्ताजनक रहेकोले अस्पतालको बील तिर्न नसकेर भौंतारिएकी सपना भण्डारीको लागि पोखराका विमल केसी कोरियाबाट पठाएको सहयोगबाट पाँच हजार खर्च गरेर काठमाण्डौंको वीर अस्पताल पठाइएको छ । तर उनको उपचारका लागि बाँकी खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै छ ।
हिमाको जीवनरक्षाको लागि खटिरहेकी खिमाले उनको उपचारको लागि सहयोग गर्न राज्य र सर्वसाधारणलाई अपिल गरेकी छिन् । उनले भनिन्, ‘उनको उपचार हुन सके बालबच्चा र परिवारको उद्दार हुन्थ्यो ।’

(नोट : खिमा बस्नेतलाई उनको मोबाइल नम्वर ९८४७४६५०४८ मा सम्पर्क गर्न सकिन्छ । उनको फोन नलागेको खण्डमा समाचारदाताको मोवाइल नम्बर ९८५७०६१५३० मा पनि सम्पर्क राख्न सकिने छ ।)
|
Category: News
0 comments