Hindi Films

अब खुले सुपथ मूल्यका पसल, कुन सामानको मूल्य कति हेर्नुहोस् ?

Unknown | 02:04 | 0 comments

 १ असोज, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल खुलेको छ । आजदेखि खुलेका यि पसल कात्तिक २१ गतेसम्म चल्नेछन् ।
दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालनको गरेको हो ।

साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्तिमन्त्री दीपक बोहोराले बताए ।

सिंहदरबार परिसरको साल्ट ट्रेडिङको विक्री केन्द्रमा खोलिएको पसल उद्घाटन गर्दै उनले उपभोक्तालाई चाडबाडको समयमा केही रात दिन सकियोस् भनेर पसल सञ्चालनमा ल्याइएको उनले बताए ।

काठमाडौंमा ११ स्थानमा सुपथ मूल्यका पसल खोलिएको छ । थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु-कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । यो बाहेक उपत्यका मोवाइल ४ वटा भ्यानबाट पनि घर दैलोमा सामान पुर्‍याउने व्यवस्था गरिएको छ ।
साल्ट ट्रेडिङले बजारमा परिचलन गरेको भ्यानले घर-घर पुगेर सस्तोमा नुन र चामलसहितका खाद्यान्न विक्री गर्नेछन् ।
सुपथ मूल्यका पसलमा साल्ट नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा किन्न पाइनेछ ।

चिनीमा ५ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट घोषणा भएको छ । खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ भने भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको निर्णय भएको छ ।
त्योबाहेक मैदा, सुजी, दाल र सोयाविन तेलमा अधिकतम् छुट दिने गरी व्यवस्था मिलाइएको कर्पोरशेनका प्रवक्ता कुमार राजभण्डारीले बताए । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ र पनिरमा किलोको ५ रुपैयाँ छुट दिइएको छ ।

चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ । राजधानीको ११ स्थानमा सरकारले आफैंले सञ्चालन गर्ने पसलमा नेशनल ट्रेडिङका विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा राखिएको छ ।

खुद्रा ब्यापारीरुले पनि साल्ट ट्रेडिङबाट सामान लिएर सुपथ मूल्यमा उपभोग्य सामग्री बेच्ने भएका छन् । खुद्रा ब्यापार संघको समन्वयमा खुद्रा ब्यापारीले १ लाख लिटर खाने तेल, ५ हजार बोरा चिनी र ३ हजार नुन बोरा नुन दिइएको छ ।छ । आजदेखि खुलेका यि पसल कात्तिक २१ गतेसम्म चल्नेछन् ।

Category:

0 comments