Hindi Films

महकाली पारीको नेपालीलाई बलात्कार गर्ने एक भारतीय पक्राउ

Unknown | 11:15 | 0 comments

कञ्चनपुर, १६ असार । महाकाली पारी दोधारा-९ की १९ वर्षीयालाई बलात्कार गरेको आरोपमा एक भारतीयलाई नियन्त्रणमा लिई स्थानीय बासिन्दाले आइतबार इलाका प्रहरी कार्यालय दोधारा बाबाथानमा बुझाएका छन् । शनिबार साँझ करिब ६ बजे भारत–नेपाल सीमा नजिक रहेको नेपाली भूमिमा साथीसँग घरबाट घाँस काट्न गएकी किशोरीलाई भारत वोदिपुर, पिलीभित उत्तरप्रदेशका ३५ वर्षीय नमरु गोलदारले बलात्कार प्रयास गरेका थिए ।
किशोरीलाई घाँस काटिरहेका बेला गोलदारले लछारपछार गरी १ सय मिटर टाढाको उखु खेतमा लगेर बलात्कारको प्रयास गरेको र पीडित किशोरीको शरीरभरि दाँतले टोकेका निलडामसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन् । किशोरीमाथि बालात्कार भए नभएकोबारे अनुसन्धान भइरहेको जानकारी दिँदै इप्रका दोधारा बाबाथानका प्रहरी निरीक्षक कवीन्द्र बोहराले प्रारम्भिक अनुसन्धानमा किशोरीलाई लछारपछार गरेको बुझिए पनि सोधपुछ अगाडि बढाइएको बताउनुभयो ।

Category:

0 comments