Hindi Films

झाडीमा शिशु फालेर आमा गायब !

Unknown | 02:03 | 0 comments

१९ असार, दाङ । दाङको हापुर-४ पतेनीमा सिँचाइ कुलोनजिकै स्थानीयले झाडीमा सालनाल सहितको शिशु जीवितै फेला पारेका छन् । स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेपछि अहिले शिशुको उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा भैराखेको छ । शिशुको कलिलो शरीरमा झाडीले कोरिएका राता डाम छन् । तर, बच्चाको अबस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
शिशु भेटिएको २४ घण्टा भए पनि आमा पत्ता लाग्न नसकेको दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताउनुभयो । ‘हापुर गाउँमा त्यहाका महिला र प्रहरीहरुलाई प्रत्येक घरमा बुझ्न लगाएका छौं ।’ एसपी मल्लले भन्नुभयो । बच्चालाई लालन-पालनका लागि लग्छौं भन्नेमान्छेहरु धेरै आएको अस्पतालले बताएको छ । तलको बक्स मा क्लिक गरि भिडियो हेर्नुहोस ।

Category:

0 comments