Hindi Films

आज साउने संक्रान्ति लुतो फाल्ने र महिना सुनाउने दिन (भिडियो)

Unknown | 04:35 | 0 comments

काठमाडौं, १ साउन । आज साउन १ गते साउने संक्रान्ति मनाइँदै छ । सौर्यमानअनुसार साउने संक्रान्तिदेखि सूर्य ककर्ट राशिमा प्रवेश गर्ने भएकाले आज कर्कट संक्रान्ति पनि भनिन्छ । आज लुतो फाल्ने र महिना सुनाउने पनि चलन छ ।
बिहानै यजमानका घरमा गई पुरोहितले महिना सुनाउने र साँझ लुतो फाल्ने गरिन्छ । आज वर्षातको हिलोबाट लाग्ने रोगबाट जोगिन लुतो फाल्ने गरिएको हो । फलफूल, नैवेद्य चढाएर कन्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ । यस्तै साउने सक्रान्ति सिसेक्पा तङनामको नामले मनाइन्छ । विवाहित महिलाहरुले पनि साउन संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक वस्त्र पहिरिने र साउन महिनाभर प्रत्यक सोमबार व्रत बसी शिवको पूजा पनि गर्छन् । यो अवधिमा महिलाले रातो, पहेँलो, हरियो वस्त्र, हातमा मेदी र हरियो चुरा लगाउँछन् । हिन्दू धर्मअनुसार सूर्य दक्षिणयन हुदा देवताका रात र पृतिका दिन हुने भएकाले साउन देखि पितृकार्यको पनि थालनी हुन्छ ।पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments