Hindi Films

होटलभित्र युवती मृत भेटिइन्, युवकको टाउकोमा चोट

Unknown | 14:03 | 0 comments

११ साउन, पोखरा । ड्यामसाइटस्थित होटल अशोकमा बास बस्न पुगेका एक युवकले आफूमाथि खुकुरी प्रहार भएको भन्दै चिच्याएको केही बेरमै सोही होटलमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
स्याङ्गजा विचारी चौतारा-५ का त्रिलोचन शर्मा र तनहुँ दुलेगौडा-२ की १९ वषर्ीया रुपा बिहीबार होटलमा बसेका थिए । होटलको कोठामा पसेको केहीबेरमै त्रिलोचन टाउकोमा गम्भीर चोटसहित कोठा बाहिर निस्केका थिए । रुपाले खुकुरी प्रहार गरेको बताएपछि उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । हाल उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि होटलमा पुग्दा भित्रबाट ढोकामा चुकुल लगाएको पाएपछि बाहिर झ्यालबाट हेर्दा सलले सोही सिलिङको पंखामा झुण्डिइरहेको अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको सम्वन्धबारे केही खुलेको छैन ।भिडियो हेर्नुहोस्

Category:

0 comments