Hindi Films

चीनमा साउलिक आँधी आएपछि दुई सय व्यक्ति हराए, ८६ जनाको मृत्यु र ३ लाख घरपरिवार बिस्थापित !!

Unknown | 17:07 | 0 comments

चीन, असार ३० । चीनमा आएको सउलिक नामक आँधीमा परी दुई सय व्यक्ति हराइरहेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले ती सबैको मृत्यु भएको हुनपनि सक्ने जनाएको छ ।
यद्यपि, हालसम्म ८६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । हराइरहेकाको खोजी भैरहेको छ । आँधीका कारण तीन लाख परिवार प्रभावित भएका छन् । चीनको उत्तरी क्षेत्रको फुजियान प्रान्तमा आँधीपछि ठाउँ ठाउँमा पहिरो गएकाले जताजतै सडक अवरुद्ध बनेको छ । त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । प्रतिघण्टा १ सय १९ किलोमिटर रफ्तारमा आएको तूफानले बिजुलीको पोल ढल्नुका साथै सयौं घरका छाना उडाएका छन् ।सउलिक आँधी ताईवान हुँदै चीन प्रवेश गर्न सक्ने अनुमान गरी चीन सरकारले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपील गरेको थियो । आधि सम्बन्धि थप भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस ।

Category:

0 comments