Hindi Films

नेपालबाट भएको विमान अपहरणबारे नयाँ खुलासा

Unknown | 10:01 | 0 comments

२ भदौ, काठमाडौं । सन् १९९९ मा काठमाडौंबाट यात्रुसहित अपहरण गरी अफगानिस्तानको कान्दाहार पुर्‍याइएको इण्डियन एयरलाइन्स आइसी-८१४ को विमानबारे दिल्लीबाट प्रकाशित सञ्चारमाध्यमले नयाँ खुलासा गरेको छ ।
air-indiaविमान अपहरणबारे भारत सरकारलाई पहिल्यै जानकारी रहेको दिल्लीबाट प्रकाशित सन्डे गार्डियनले लेखेको छ । सिलोङका ब्यापारी उमाशंकर मिश्रले विमान अपहरण हुनुभन्दा ८४ दिन अगाडि मेघालय सरकारका ततकालीन मुख्यमन्त्रीलाई पत्र लेखेर सम्भावित अपहरणबारे जानकारी दिएको सन्डे गार्डियनमा आइतबार शैलेशकुमारले लेखेका छन् । मिश्र पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइको पूर्वकर्मचारी रहेको र उनले अपहरणको सूचना आइएसआइबाट प्राप्त गरेर मेघालयका मुख्यमन्त्रीलाई दिएको शैलेशले लेखेका छन् । सन् १९९९ डिसेम्बर २४ मा इण्डियन एयरलाइन्सको यो विमान काठमाडौंबाट अपहरण गरी अफगानिस्तानको कान्दाहार पुर्‍याइएको थियो । आजभन्दा १३ वर्षअघि भएको यो अपहरण काण्डलाई लिएर भारतीयहरुले नेपालको सुरक्षा व्यवस्थालाई दोष दिँदै आइरहेका बेला यस्तो खुलासा भएको हो ।

Category:

0 comments