आफ्नो माईती घरको चेलीवेटीलाई झुक्याएर भारत लैजाँदै गर्दै प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट ३ जनालाई पक्राउ गरेको छ । चेलीवेटी बेचविखन गर्न लागेको आरोपमा यसरी पक्राउ पर्नेहरुमा कपिलवस्तु चनई गाविस वडा नं. ९ वस्ने निर्मला परियार, सोही स्थान बस्ने सुककुमारी लामा र होटल संचालक करवीर शाही रहेका छन् ।
पक्राउ परेकी परियारले आफ्नो माईती घर गुल्मीको एक दुर्गम गाउंबाट २ जना चेलीवेटीलाई राम्रो काम लगाई दिने प्रलोभन देखाएर कपिलवस्तुको चनईमा रहेको वद्रीनाथ गेष्टहाउसमा बेश्यावृत्ति कार्यमा संलग्न गराउन खोजेको प्रहरीले जनाएको छ ।परियारसंगै गुल्मीबाट आएका २ चेलीवेटीले वेश्याबृत्ति कार्यमा संलग्न हुन नमाने पछि उनीहरुलाई झुक्याएर सीमावर्ती भारतीय नाका कृष्णनगर हुदै बैंग्लोर लैजान लागेको अवस्थामा उनीहरलाई चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रविन्द कुमार शर्माले बताए ।पक्राउ परेका उनीहरु उपर प्रहरीले मानववेचविखन तथा ओसारपोसार आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा थुनामा राखेको छ । भने उद्धार गरिएका २ युवतीलाई तौलिहवा स्थित साथी संस्थाको आवास गृहमा राखिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । युवतीलाई उनीहरुको अभिभावकको जिम्मा लगाई पठाईने उपरीक्षक खड्काले बताए ।
0 comments