रुपन्देही जिल्ला प्रशासन कार्यालयले गैरकानुनी रुपमा सञ्चालन भईरहेका चार वटा दन्त क्लिनिकमा तालाबन्दी गरेको हो । जिल्ला अनुगमन समिति, क्षेत्रीय स्वास्थ्य निर्देशानलय एवंम जिल्ला प्रशासन कार्यालय रुपन्देहीको टोलीले भैरहवाका क्लिनिकहरुको अनुगमन गर्दा अनुमति विना सञ्चालनमा रहेको पाईएपछि क्लिनिकहरुमा ताला लगाएको हो ।
रुपन्देहीमा सञ्चालीत ३३ वटा दन्त क्लिनिक मध्ये ८ वटा मात्र क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट स्विकृत लिई सञ्चालनमा रहेको र बाँकी २५ वटा क्लिनिकहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।
0 comments