Hindi Films

सुशीललाई बहुमत, देउवालाई अल्पमत (सूची सहित)

Unknown | 11:56 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला १२ मंसिर, काठमाण्डौ । संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फवाट चुनाव जित्नेमा काँग्रेसका संस्थापन पक्षधरहरु बरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर भन्दा बढी देखिएका छन् । अघिल्लो निर्वाचनमा देउवापक्षका विजेताहरु उल्लेख्य रहेकोमा यसपालि भने सभापति सुशील कोइराला पक्षधर समासद बढी देखिएका छन् । प्रत्यक्षतर्फको २४० मध्ये १०५ सिटमा जित हात पारेको काँग्रेसबाट देउवा पक्षधर ४८ जना उम्मेदवारले विजय हासिल गरेका छन् भने सभापति सुशील कोइराला पक्षधर ५३ जनाले जितेका छन् । तर त्यसमध्ये ४ सभासद भने तटस्थ देखिएका छन् । टिकट वितरणमै आ-आफ्ना पक्षधर नेतालाई टिकट दिनुपर्ने भन्दै विवादमा अल्झिएको काँग्रेसमा चुनावपछि संस्थापन पक्षधर वा देउवा पक्षधर नेताहरुमध्ये कसले बढी क्षेत्रमा चुनाव जित्यो भन्नेमा कुरा प्रतिष्ठाको विषय बनेको छ । यो प्रतिष्ठाको लडाइँ काँग्रेसी नेता तथा कार्यकर्तावीचमा पनि चलेको छ । भर्खरै पार्टी एकता भएको समयमा ०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा बरिष्ठ नेता देउवा पक्षधर नेताहरुले बढी क्षेत्रमा चुनाव जितेका थिए । यसपटकको निर्वाचनमा चुनाव जित्नेमा कोइराला पक्षधर उम्मेदवारहरु रहेका छन् । काँग्रेस केन्द्रीय सदस्य खुमवहादुर खड्का देउवा पक्षधर नै भएकाले खड्का पक्षधर उम्मेदवारहरु पनि आफ्नो पक्षका रहेको देउवा पक्षधर नेताहरुले दावी गरेका छन् । यसलाई आधार मानेर भन्ने हो भने देउवा पक्षधर विजयी उम्मेदवारको संख्या राम्रै देखिएको छ । तर, समानुपातिकतर्फवाट आउने परिणामले यो नजितालाई कोइराला पक्षमा अझै बलियो पार्ने संस्थापन पक्षधर नेताहरुको भनाइ छ । प्रत्यक्ष र समानुपातितर्फवाट सभासद बनेका सभासदहरुले नै संसदीय दलको नेता चयन गर्ने भएकाले सभापति सुशील कोइराला पक्षधर र बरिष्ठ नेता देउवा पक्षवीचको जोड घटाउले कांग्रेसमा निकै ठूलो अर्थ राख्छ । विजयी हुने उम्मेदवार कुन् पक्षका हुन् सूची हेर्नुस्ः

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments