Home �
News
� ऐतिहासिक सफलताः नेपाल टी–२० विश्वकपमा छनोट
Unknown |
02:40 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

नेपालले पहिलो पटक विश्वकप ट्वान्टी–२० क्रिकेट खेल्न पाउने भएको छ । युएइमा जारी छनोटको निर्णायक खेलमा हङकङमाथि ५ विकेटको जित निकाल्दै नेपालले नेपाली क्रिकेटको इतिहासमै सर्वाधिक सफलता हासिल गरेको हो ।
कप्तान पारस खड्काले टस जितेर फिल्डिङ रोजेसँगै पहिले व्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो ।
वकास बर्कत र निजाकत खानले २५–२५ रन जोडेको इनिङमा जितेन्द्र मुखियाले ३२ रन खर्चेर ३ तथा अविनाश कर्णले २८ रन खर्चेर २ विकेट लिए । यसैगरी कप्तान पारसले १ विकेट लिँदा एक खेलाडी रन आउट भए ।
जवाफमा नेपालले अन्तिम बलमा ५ विकेट गुमाएर विजय हासिल ग¥यो । नेपालको ऐतिहासिक जितमा कप्तान पारसले रन आउट हुनुअघि ३९ बलमा ४६ रन जोडे ।
त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले ३०, सागर पुनले २२, सुवास खकुरेलले १६ तथा शरद भेषवाकरले ७ बलमा अविजित रहँदै १३ रन जोडे । अलराउण्डर पारस म्यान अफ म्याच भए ।
ऐतिहासिक सफलता हासिल गरेको नेपालले आगामी मार्चमा बंगलादेशमा हुने विश्वकप टी–२० खेल्नेछ ।
हङकङलाई हराएसँगै नेपाल छनोट चरणको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले चीरपरिचित प्रतिद्धन्द्धी अफगानिस्तानको सामना गर्नेछ ।
समूह विजेता बन्दै अफगानिस्तान यसअघि नै विश्वकपका लागि छानिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
News
0 comments