Hindi Films

प्रचण्डलाई भेट्न सुशील कोइराला लाजिम्पाटमा

Unknown | 02:29 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष प्रचण्डको निजी निवासमै पुगेर सोमबार विहान प्रचण्डसँग छलफल गर्नुभएको छ ।
छलफलका क्रममा कांग्रेस सभापति कोइरालाले सबैले मिलेर सहमतिका आधारमा मुलुकलाई निकास दिनुपर्ने भन्दै प्रचण्डलाई संविधानसभा बहिस्कार नगर्न आग्रह गर्नुभएको कोइरालाको निजी सचिवालयले  बतायो ।
संविधानसभामा अप्रत्याशित पराजय व्यहोरेपछि एमाओवादीले धाँधली भएको आरोप लगाउँदै मतगणनाको पुनरावलोकन नगरिए संविधानसभामा भाग नलिने चेतावनी दिएपछि अध्यक्ष प्रचण्डलाई सम्झाउन कोइराला प्रचण्ड निवास पुग्नुभएको हो । भेटमा प्रचण्डले धाँधलीको घटनाबारे छानविन गर्न कोइरालासँग आग्रह गर्नुभएको बताइएको छ ।
भेटका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले बाह्रबुँदे सम्झौता यताको शान्ति प्रक्रियाको कोर्षप्रति आफूहरु सहमत भए पनि षड्यन्त्र र धाँधलीलाई स्वीकार नगर्ने कोइरालालाई बताउनुभएको उहाँका स्वीय सचिव एवं केन्द्रीय सदस्य चूडामणि खड्काले  बताउनुभयो । पहिचानका पक्षधर एवं संविधानसभा बाहिर रहेको शक्तिलाई समेत संविधान निर्माण प्रक्रियामा समेट्नुपर्ने अध्यक्ष प्रचण्डले कोइरालासँग आग्रह गर्नुभएको खड्काले बताउनुभयो ।
                                                                                  सहमतिमा अघि बढ्ने

नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डबीच आपसी समझदारीसहित अघि बढ्ने सहमति भएको छ ।
प्रचण्डको निवास लाजिम्पाटमा सोमबार विहान भएको भेटमा निर्वाचनको नतिजाका विषयमा छलफल गर्नुका साथै संविधान निर्माणका लागि सहमतिका आधारमा अघि बढ्ने विषयमा छलफल भएको कोइरालाले जानकारी दिनुभयो ।
भेटवार्तापछि बाहिरिनुभएका कोइरालाले भन्नुभयो-’सहमति सहकार्य र एकताबाट अघि बढ्ने विषयमा कुराकानी भयो । उहाँले संविधानसभाको मुद्दाबाट हामी पछि नपर्ने, संविधान निर्माणमा हातेमालो गरेर अघि बढ्ने भन्नुभएको छ ।’
कोइरालाले निर्वाचनको पछिल्लो परिणामका विषयमा पनि छलफल गरेको बताउनुभएको थियो । आगमी दिनमा सहमतिका साथ अघि बढ्नुपर्ने बताएको भन्दै कोइरालाले सहमति र सहकार्यबाट बनेको संविधान मात्र दिगो हुने विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments