Unknown |
07:36 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
८ मंसिर, काठमाडौ । परम्परागत कम्युनिष्ट पार्टीभित्र निर्वाचन हुनुभन्दा अघि चुनाव बहिस्कार गर्ने कि उपयोग गर्ने भन्ने बहस हुन्छ । तर, एमाओवादी पार्टी भने निर्वाचन सकिएर धमाधम परिणाम आइरहेका बेला व्यवस्थापिका संसदमा भाग लिने कि नलिने भन्ने विवादमा रुमलिएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले निर्वाचनको पुनरावलोकन नभए संविधान सभामा नजाने बताइसक्नुभएको छ भने अन्य अधिकांश नेताहरु संविधानसभामा जानु पर्ने र बहिस्कार गर्न नहुने लाइनमा छन् ।

एमाओवादीले शनिबार साँझसम्म संविधानसभामा प्रत्यक्षतर्फ २५ सीट जितिसकेको छ । समानुपातितर्फबाट यो भन्दा बढी सीट आउने निश्चित भएकाले संविधानसभामा यसले ५० जनाभन्दा बढीको उपस्थिति गराउने लगभग निश्चित छ । पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई, कृष्णबहादुर महराजस्ता प्रभावशाली नेताहरुले पनि चुनाव जितेको अवस्थामा यत्रो संख्याले संविधानसभामा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले मुखमा आइसकेको संविधानसभालाई बहिस्कार गर्न नहुनेमा धेरै नेताहरु उभिएको स्रोतको दाबी छ ।
पेरिसडाँडामा शनिबार राज्यसमिति इञ्चार्ज एवं पूर्वपोलिटब्यूरो सदस्यहरुले निर्वाचनका क्रममा देशैभरि देखिएको अवस्थाबारे अध्यक्ष प्रचण्ड र बरिष्ठ नेतासमक्ष रिपोर्टिङ गरेका छन् । यस क्रममा बोल्ने नेताहरुले आ-आफ्नो क्षेत्रमा कसरी हार व्यहोर्नुपर्यो भन्नेबारे मौखिक रिपोर्ट प्रस्तुत गरेका हुन् । तर, संविधानसभामा जाने कि नजाने भन्नेबारे नेताहरुकमो मिश्रति प्रतिक्रिया आएको बुझिएको छ । कोचिला राज्यसमिति इञ्चार्ज गोपाल किरातीले शनिबार बिराटनगरमा पत्रकारसँग कुरा गर्दै संविधानसभाको बहिस्कार गर्नुभन्दा उपयोग गर्नु सही हुने सार्वजनिक प्रतिक्रिया दिइसक्नुभएको छ ।
क-कसले गरे रिपोर्टिङ ?
शनिबार पेरिसडाँडामा शुरु भएको बैठकमा बैठकमा लोकेन्द्र विष्ट, नन्दकिशोर पुन,बर्षमान पुन, खगराज भट्ट, प्रभु शाह, देवेन्द्र पौडेल, चन्द्रप्रकाश खनाल, जनादर्न शर्मा, शक्तिबहादुर बस्नेत, रामचन्द्र झा र बिश्वनाथ शाहलगायतले बोल्नुभएको थियो । बैठक आइतबार ११ बजे पुनः बस्ने प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो । बैठकपछि पेरिसडाँडामै आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी प्रवक्ता प्रवक्ता अग्नि सापकोटाले जनताले मत हालिसकेपछि निर्वाचन अधिकृतको कार्यालयसम्म आइपुग्दा सबै षडयन्त्र त्यहीँभित्र भएको बताउनुभयो ।
चुनावमा ब्यहोर्नुपरेको हारबारे समीक्षा गर्न र सोमबार बस्ने केन्द्रीय समिति बैठकको तयारीका लागि आयोजना गरिएको अनौपचारिक बैठकमा बोल्ने पूर्वपोलिटब्यूरो सदस्य तथा राज्य इञ्चार्जमध्ये शक्तिबहादुर बस्नेत, प्रभु साह र जनार्दन शर्मा बाहेक अन्य नेताहरु निर्वाचनमा पराजय व्यहोरेर पेरिसडाँडामा उपस्थित हुनुभएको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
News
0 comments