बाबुरामले अमेरिकी राजदूतलाई भने-’शान्ति र संबिधानको प्रकृया छाड्दैनौं’
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपालका लागि अमेरिकी राजदूत बोडेसँग आज बिहान आफ्नै निवास सानेपामा छलफल गर्दै भट्टराईले त्यसका लागि सरकार र संबिधानका बिषयमा राजनीतिक सहमतिका आधारमा टुंगाइनुपर्ने आफ्नो सर्त रहेको जानकारी गराउनुभयो ।
भट्टराईका निजी सचिव बिश्वदीप पाण्डेका अनुसार उहाँले निर्वाचनका क्रममा बिभिन्न ठाउँमा धाँधली भएका घटना बाहिर आएका कारण त्यसबारे निष्पक्ष छानविन हुनुपर्ने आफ्नो पार्टीको माग रहेको जानकारी गराउनुभएको थियो ।
दोस्रो संबिधानसभाको निर्वाचनमार्फत् एमाओवादी तेस्रो स्थानमा झरेलगत्तै संबिधानसभामा नजाने उद्घोष गरेपछि अन्तराष्ट्रिय समुदायले एमाओवादीलाई परिणाम स्वीकार्न दबाब दिइरहेको छ ।
भेटका अबसरमा राजदूत बोडेले नेपालको राजनीति सहमतिका आधारमा अघि बढोस भन्ने आफ्नो मुलुकको चाहना रहेको जानकारी गराउनुभएको पाण्डेले जानकारी दिनुभयो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments