Home �
News
� विमानस्थल सुधार्न अमेरिकाको साढे ४ करोड सहयोग
Unknown |
15:56 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जिर्ण अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्न अमेरिकी सरकारले ४ लाख ६२ हजार डलर सहयोग उपलब्ध गराउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र काठमाडौंस्थित अमेरिकी दूतावासको अफिस अफ् डिफेन्स को-अपरेशनले विमानस्थल सुधार परियोजनाको कार्यान्वयनसम्बन्धी सहमतीपत्रमा हस्तारक्षर गरेका छन् । प्राधिकरणसँगको साझेदारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुर्घटना, अग्नी तथा उद्धार स्टेशनलाई भूकम्प प्रतिरोधात्मक बनाउन सबलीकरण (रेट्रोफिट) कार्यका लागि अमेरिकाले उक्त सहयोग उपलब्ध गराउने भएको हो । अमेरिकी सेनाको कोर अफ् इन्जिनियर्सले स्थानीय ठेकेदारहरुसँगको सहकार्यमा डिजाइन तथा निर्माणसम्बन्धी सेवाहरु उपलब्ध गराउने सहमती पत्रमा उल्लेख गरिएको छ । सन् २०१४ को जनवरीमा सुरु हुने परियोजना भूकम्प प्रतिरोधात्मक कार्यक्रमअन्तर्गत त्रिभुवन विमानस्थलको संरचना सुधारको वृहत योजना अन्तर्गत पर्ने बताइएको छ । उक्त सहयोगबाट विमानस्थलको टावर, प्ल्याटर्फम तथा धावनमार्गजस्ता संरचनाहरुको भूकम्पीय क्षेति न्यून गर्न नेपाल सरकारलाई सहयोग पुग्नेछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
News
0 comments