Hindi Films

एमाओवादी लचिलो, जितेका उम्मेदवारलाई विजयोत्सव गर्न निर्देशन (भिडियोसहित)

Unknown | 05:29 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
संविधानसभामा जान शर्तः काठमाडौं, मंसिर १० । एकीकृत नेकपा माओवादीले निर्वाचन परिणामलाई अस्वीकार गर्ने र संविधानसभा बहिष्कार गर्ने विगतको निर्णयमा पुनरावलोकन गर्ने संकेत दिएको छ । विगतमा निर्वाचन परिणामप्रति रोष प्रकट गर्दै निर्वाचन जितेको ठाउँमा समेत परिणाम बहिष्कार गरेको एमाओवादीले अब भने जितेको ठाउँमा विजयोत्सव गर्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले आफ्ना उम्मेदवारहरुलाई निर्वाचन क्षेत्रमा पुगेर जितेका ठाउँमा उत्सव मनाउन तथा हारेका ठाउँमा आत्मसमीक्षा गर्न निर्देशन दिएको छ । एक महिनासम्म निर्वाचन क्षेत्रमा रहेर निर्वाचनको समीक्षाको रिपोर्ट ल्याउन निर्देशन दिइएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बैठकले संविधानसभामा बिगतको बहुमतीय पद्धती हटाएर सहमतीय प्रणाली राख्नु पर्ने समेत माग राखेको छ । सहमतिका आधारमा संविधान बन्ने प्रावधान राखिएमा संविधानसभामा जान सकिने प्रवक्ता सापकोटाले बताए । पार्टीको ७ औं महाधिबेशनले पारित गरेको सिद्धान्त अनुसार शान्ति र संविधानका लागि पार्टी प्रतिबद्ध रहेको पनि सापकोटाले बताए । निर्वाचनको निष्पक्षताको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग समेत बैठकले राखेको छ । पार्टीभित्रको छानबिनका लागि वर्षमान पुन, रामचन्द्र झा, रामनारायण बिडारी, खिमलाल देबकोटा र जनकराज जोशी सम्मिलित समिति गठन गरेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments