Home �
News
� चुनावअघि चर्चित ‘बागी’को बेहाल
Unknown |
22:44 |
0
comments
|
 |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
९ मंसिर, काठमाण्डौ । संविधानसभा निर्वाचनको परिणाम आउनुअघिसम्म नेपाली कांग्रेसका तीन वागी उम्मेदवार विकास कोइराला, सुप्रभा घिमिरे र पूर्णबहादुर गुरुङ निकै चर्चामा थिए । चर्चामा नआएका कपिलवस्तु २ का कांग्रेसका बागी उम्मेदवार अपर कलाम र महोत्तरी ४ का अर्का स्वतन्त्र उम्मेदवार चन्द्रदेव झा विजयी भए । तर, यतिबेला विकास, सुप्रभा र पूर्णबहादुर गुमनाम छन् । टिकट नदिएको भन्दै कांग्रेसकी नेतृ सुप्रभाले काठमाडौंमा ४ मा युवा नेता गगन थापाविरुद्ध उम्मेदवारी दिनु भएको थियो । एमालेका निर्मल कुइँकेल र एमाओवादीका पासाङसँग कडा प्रतिस्पर्धा गर्नु पर्ने बेला सुप्रभाको उम्मेदवारले गगनलाई अफ्ठ्यारोमा पार्ने धेरैको अनुमान थियो । तर, परिणाम सार्वजनिक हुँदा गगन २२ हजार २ सय २६ मतले विजयी हुनु भयो । निर्वाचन आयोगका अनुसार सुप्रभाको मत भने जम्मा ९२ छ । काठमाडौं ४ मा कुकुर चुनाव चिन्ह पाएका सन्तोष प्रधानले उक्त क्षेत्रको स्वतन्त्रमा सबैभन्दा बढी ४ सय २२ मत पाउनुभयो । चितवन ४ मा कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी दिएपछि पूर्व जिल्ला सभापति विकास चर्चामा आउनुभयो । कांग्रेसकै नेताहरुसमेत विकासले सभापतिलाई समस्यामा पारेको बताउँथे । तर, सुशील २० हजार ७ सय ६० मतसहित विजयी हुँदा विकास भने १ हजार ८३ मतमा सिमित हुनुपर्यो । कांग्रेसका अर्का बागी पूर्णबहादुर गुरुङले उपसभापति रामचन्द्र पौडेललाई ओंठमुख सुक्ने अबस्थामा पुर्याउनुभयो । तर, परिणाम आउँदा पौडेल १८ हजार १ सय ४९ मतसहित विजयी हुनुभयो भने गुरुङले २ हजार ७ सय २७ मतमात्र पाउनुभयो ।
एमाओवादी र एमाले बागीको फाइदा कांग्रेसलाई
धनुषा १ मा एमाओवादीका रामचन्द्र झाविरुद्ध जोगकुमार वरवरियाले बागी उम्मेदवारी दिनु भएको थियो । जोगकुमार झालाई हराउन त सफल हुनुभयो तर, फाइदा भने कांग्रेसलाई भयो । दिनेशप्रसाद परसैला ८ हजार ८ सय २७ मतसहित विजयी हुनुभयो । जहाँ जोगकुमारले ७ हजार ९ सय ४७ र झाले ५ हजार ३ सय १० मत पाउनुभयो । यस्तै सुर्खेत २ मा एमाले बागीको फाइदा कांग्रेसलाई भएको छ । यमलाल कँडेलविरुद्ध शिवप्रसाद उपाध्यायले बागी उम्मेदवारी दिनुभयो । कँडेलले ९ हजार १ सय १८ मत पाउनु भयो भने उपाध्यायले ४ हजार ५ सय ६५ मत पाउनुभयो । जहाँ कांग्रेसका हृदयराम थानी १७ हजार ४ सय १९ मतका साथ विजयी हुनु भयो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
 |
Category:
News
0 comments