Hindi Films

गगन भन्छन्- कांग्रेसलाई कसले कति चन्दा दियो, जानकारी चाहियो !

Unknown | 00:42 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१६ पुस काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद गगन थापाले नेपाली कांग्रेसलाई चुनावमा कसले कति रकम चन्दा दिएको छ भन्ने जनतासमक्ष सार्वजनिक हुनुपर्ने बताउनुभएको छ । पार्टीलाई कसले कति  चन्दा दिएको छ भन्ने थाहा पाउनु जनताको सूचनाको अधिकार भएको उहाँले बताउनुभयो । 

समानुपातिक सभासदबारे नेपाली कांग्रेस र अन्य दलहरुमा देखिएको विवादबारे  विशेष कुराकानी गर्दै सभासद थापाले भन्नुभयो, ‘हाम्रो पार्टीलाई क-कसले कहाँ-कहाँबाट चन्दा दिएका छन्, सार्वजनिक हुनुपर्छ । हाम्रो पार्टीका चन्दादाता को-को हुन् भनेर हामीले जान्न त पाउनुपर्‍यो नि । सूचनाको हकले पनि हामीलाई त्यो अधिकार दिएको छ ।’
‘चन्दा दिनेहरुबारे जान्न पाउने हाम्रो अधिकारको कुरा हो । जनताको पनि अधिकारको कुरा हो,’ उहाँले भन्नुभयो, ‘राज्यलक्ष्मी गोल्छाले एमालेलाई कति चन्दा दिएकी थिइन् भन्ने मैले पनि जान्न पाउनुपर्छ, तर, अहिले २५ हजारभन्दा बढीचन्दा दिनेहरुको विवरण सार्वजनिक गर्नु भनेर कानुनले भनेको कुरा दलहरुले अटेर गरेको अवस्था छ । ‘पार्टी भनेको सार्वजनिक संस्था हो, पार्टीलाई पनि सूचनाको हकले समात्छ । चन्दा लिएर सभासद बनाउने हो भने अहिलेको निर्वाचन प्रणाली त पंगु भयो ।’
नेता थापाले राति राति नेताको घर घरमा चाहर्ने अवस्थामा पुर्‍याएर र पैसा लिएर समानुपातिक सभासदहरुलाई पशुजस्तै बनाउने काम भएको गुनासो गर्नुभयो । ‘मध्यरातिसम्म नेताको घर-घर धाउने बनाएर उनीहरुको स्वाभिमान निचोरेर पशुजस्तो बनाइएको छ । मधेसीदेखि अन्य पार्टीले पनि सरकारले थाहा पाउने गरी आर्थिक कारोबार गरेर सभासद बनाउने काम भएको छ ।’
नेपाली कांग्रेसले हरिहर विरही, धर्मेन्द्र झा, रामेश्वर खनाल र श्रवण मुकारुङजस्ता प्रतिभालाई पाखा लगाएर गल्ती गरेको बताउनुभयो । ‘कांग्रेस बाहिरका मान्छे ल्याएर यी चारजनालाई किन उपहासको पात्र बनाइयो ?’ थापाले नेतृत्वसँग प्रश्न गर्नुभयो ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments