Hindi Films

यू-१९ एशिया कप क्रिकेटमा नेपाल पाकिस्तानसित १ सय ३२ रनले पराजित

Unknown | 04:54 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला काठमाडौं, पुस १३ - (अपडेट) नेपाल १९ वर्ष मुनिको एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानसित १ सय ३२ रनले पराजित भएको छ । आइसिसी एकेडेमी दुवईमा जितका लागि ३ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अमित श्रेष्ठले ६० रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन । अमितले १ सय ७ बल खेल्दै ६ चौकाको मद्दतले ६० रन बनाएका थिए । यस्तै अर्का ओपनर सुनिल धमलाले ३९, आरिफ शेखले २५र विभत्सु थापाले २२ रन बनाए भने राजु रिजालले खाता नै खोल्न सकेनन् । यस्तै प्रेम तामाङ र सुशन भारी समान १ रनमा पभेलिएन फर्किए । भुवन कार्की १९ र रामनरेश गिरी ५ रनमा नट आउट रहे ।
पाकिस्तानका कमरन गुलामले ४ विकेट लिएका छन् । टस जितेर पहिले व्याटिङ्ग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनायो । उसका लागि कप्तान सामी अस्लमले सर्वाधिक १ सय ८ रन बनाए भने हसन राजाले पनि शतकीय र जफर गोहरले अर्थशतकीय पारी खेले । नेपालका ललित भण्डारी र रामनरेश गिरीले समान २–२ तथा यज्ञमान कुमालले १ विकेट लिए । नेपालले आइतबार भारत र मंगलवार युएईसंग खेल्नेछ । सन् २००९ पछि नेपालले उमेर समुहमा कुनै उपाधि जित्न सकेको छैन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments