कांग्रेसले संसदीय दलको नेता छान्न समिति बनाउने
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
शनिबार बस्ने बैठकले संसदीय दलको नेता चयनका लागि सहमति नजुटेको अवस्थामा निर्वाचन समिति गठन गर्ने कांग्रेस केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए। वैठकमा सरकारको नेतृत्व, माघ ८ का लागि संविधानसभाको पहिलो वैठक, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने थापाले अनलाइनखबरलाइ बताए ।
नेपाली कांग्रेसभित्र संसदीय दलको नेता को बन्ने विवाद समाधान हुन सकेको छैन । प्रधानमन्त्रीका लागि दावा गरिरहेका सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलवीच संसदीय दलको नेताका लागि कांग्रेस सभासदवीच चुनाव हुने सम्भावना बढेका बेला बरिष्ठ नेता शेरबहादुर देउवाले पनि आफ्नो दाबी प्रस्तुत गर्ने भएका छन् ।

शुक्रबार बूढानीलकण्ठमा आयोजीत देउवा पक्षको भेलाले संसदीय दलको नेता छनोटमा सहमति हुन नसके देउवाले समेत उम्मेद्वारी दिने बताइएको छ । दलको नेताका लागि निर्वाचन भएमा देउवाले जित्ने दाबी उनी पक्षधर नेताहरुले गरेका छन् ।
शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा सभासदहरुलाई प्रमाणपत्र वितरण गरेपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने र सो बैठकले सहमति जुटाउन नसके संसदीय दलको नेता छनोटका लागि निर्वाचन समिति गठन गर्ने स्रोतले बतायो ।
शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा सभासदहरुलाई प्रमाणपत्र वितरण गरेपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने र सो बैठकले सहमति जुटाउन नसके संसदीय दलको नेता छनोटका लागि निर्वाचन समिति गठन गर्ने स्रोतले बतायो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News

0 comments