Hindi Films

विवाह दर्ता गर्न १५ सय घुस

Unknown | 02:15 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१५ माघ, गुल्मी । विवाह दर्ता गरिदिएबापत गुल्मीको दोहोली गाविस सचिवले एक हजार ५ सय रुपैयाँ घुस लिएको खुलेको छ ।

दोहोली-९ निवासी रामबहादुर खत्री र पत्नी लोकमायासँग विवाह दर्ताको प्रमाणपत्र बनाउँदा गाविस सचिव भीमप्रसाद पोखरेलले सो रकम घुस लिएको खुलेको हो । ‘पहिला नागरिकता बनाउँदा केही नलाग्ने भनेपछि विवाह दर्ता गरेको ५ सय रुपैयाँ,’ खत्रीले भने, ‘पछि नागरिकता आउनेबेला गाविस सचिवले थप एक हजार मागेर लगे ।
ती दम्पतीले नागरिकता बनेपछि आफूसँग भारत जाने बाटो खर्च नभएको भन्दै मितभाइलाई गुहारेपछि यस्तो पोल खुलेको हो । उनका मितभाइ देवराम गिरीले गाविस सचिवले बाटो खर्चबापतको रकम घुस लिएपछि दाजुहरु समस्यामा परेको भन्दै पत्रकारलाई गुहारेका थिए । “भारत जान भाडा पुगेन भनेर दाजु भाउजूले फोन गर्नुभयो, बुझ्दै जाँदा गाविस सचिवले बाटा खर्च खाइदिएछन्” उनले भने ।
पत्रकार बोलाएपछि सचिव पोखरेलले घुसबापतको एक हजार रुपैयाँ फिर्ता मागेमा नागरिकता जफत गरीदिने धम्की दिएको लोकमायाले बताइन् । “सचिवले यति दुःख गरेर बनाइयो, अलिअलि चियापानी त हाम्लाई पनि चाहियो नि भने’, लोकमायाले भनिन्, ‘हतार थियो, दियौँ, अहिले पैसा फिर्ता मागे नागरिकता जफत हुन्छ भनेका छन् ।’
गाविस सचिव पोखरेलले पनि रकम लिएको स्वीकार गरेका छन् । गोरखा माइत भएकी लोकमायाका कागजपत्र मगाउन र प्रशासनमा कर्मचारीलाई कागजपत्र मिलाउनका लागि आफू पुल बनेर पैसा लिएको उनको भनाइ थियो ।
‘उहाँहरु चार/पाँच दिनदेखि सदरमुकाम बस्नुभएको छ, छिटो काम गराउनका लागि मैले पनि प्रशासनमा खर्च बुझाउनुपर्छ । केही रकम गोरखाबाट फ्याक्स मगाउँदा खर्च भयो’ भन्दै उनले यसरी आफ्नो सफाइ दिए । 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments