Hindi Films

पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन

Unknown | 02:39 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१७ माघ, काठमाडौं । कानुनका ज्ञाता, पूर्व प्रधानन्यायाधीश तथा २०४७ सालको संविधानका मस्यौदाकार विश्वनाथ उपाध्यायको निधन भएको छ । उपाध्यायको उपचारका क्रममा राति १२ बजे राजधानीको बासबारी स्थित न्युरो अस्पतालमा निधन भएको हो । उनी पाँच दिनदेखि न्युरो अस्पतालमा उपचाररत थिए । 

परिवारका सदस्यहरुसँग गफ गर्नेक्रममा अचानक ढलेका उपाध्ययको मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो । उमेर पाको भएकाले शल्यक्रिया पछि उनी अचेत थिए ।  उपाध्यायलाई उठाउन कोशिस गरिएपनि शरीरका कुनै अंगले प्रतिक्रिया नदिएपछि पुनः बेहोस बनाएर भेन्टिलेटरमा राखी मस्तिष्कलाई आराम गर्न दिइएको थियो ।
उपाध्ययको बरिष्ट न्युरो सर्जन डा. उपेन्द्र देवकोटा नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । उपाध्याय मुटु रोगी थिए भने फोक्सोमा पनि खराबी भएपछि घाँटीबाट प्वाल पारेर खकार लगायतका विकार पदार्थ निकाल्ने काम भइरहेको थियो । उपाध्यायले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसदलाई आफ्नो इजलासबाट ब्युँलाएपछि निक्कै चर्चामा आएका थिए ।
मृतक उपाध्यायको पार्थिव शरीरलाई ज्ञानेश्वरस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।  उपाध्यायप्रति श्रद्धाञ्जलि अर्पण गर्न मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, सभामुख सूर्यवहादुर थापा, कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाललगायत अन्य दलका नेता, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरु, न्यायाधीशहरु, मानव अधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, प्रहरी, पत्रकार तथा बाक्लो सङ्ख्यामा सर्वसाधारण आर्यघाट पुगेका थिए ।
उपाध्यायको शुक्रवारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।  उपाध्यायको पार्थिव शरीरमा उनका जेठा छोरा शैलेन्द्र उपाध्यायले दागबत्ती दिएका हुन् । उनको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । चार छोरा रहेका उपाध्यय ज्ञानेश्वरस्थित निवासमा आफ्ना जेठा छोरासँग बस्दै आएका थिए ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments