Home �
TV Show
� बाढीबाट कयौ को मृत्यु चालिस हजार विस्थापित (भिडियो सहित)
Unknown |
15:19 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आएको बाढी र पहिरोबाट १३ व्यक्तिको मृत्यु भएको समाचार छ । यस प्रकोपबाट अन्य दुई व्यक्ति बेपत्ता हुनुका साथै अन्य ४० हजार विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।
सुलावेसी प्रान्तको प्रान्तीय राजधानी मनाडो सहरमा लगातार जारी रहेको भारी वर्षाबाट चार वटा नदीमा आएको बाढीले नदीको किनार समेत भत्काएको राष्ट्रिय दैवीप्रकोप व्यस्थापन र न्यूनीकरण निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताएका छन् । सुलावेसी प्रान्तको साङ्गीहे द्वीपमा भारी वर्षापछि गएको पहिरोबाट कयौँ घरहरू पुरिएको समेत जनाएको छ । यस प्रकोपबाट चार वटा पुलहरू भत्किएको पनि सुतोपोले बताएका छन् । प्रारम्भिक दाताहरूका अनुसार यस प्रकोपबाट १३ व्यक्तिको मृत्यु भएको र अन्य दुई बेपत्ता हुनुको साथै ४० हजारलाई व्यक्तिलाई बाढी र पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको सुतोपोले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् । मनाडो सहरबाहेक यस प्रकोपबाट अन्य पाँच वटा सहर प्रभावित भएको जनाइएको छ । सो सहरहरू मिनाहासा उत्तरा, तोमोहोन, मिनाहासा, मिनाहासा सेलाताना र सिङगोहे द्वीप प्रभावित भएको जनाएको छ ।
जलाचापको तापमानमा कमी आउँदा दक्षिणी फिलिपिन्स नजिकको समुद्रबाट वाक्लो बादल उठ्न गई इन्डोनेसियाको सुलावेसी प्रान्तमा भारी वर्षात् हुने गरेको समेत सुतोपोले बताएका छन् । त्यस्तै उत्तरी अष्ट्रेलियाको नजिक समुद्रबाट पनि जलचापिय न्यूनतापमानका कारण उठ्ने कालो बादल इन्डोनेसियाको उत्तरी सुलाबेसीसम्म आइपुग्ने र भारी वर्षात् गराउने बताइएको छ । करिब १७ हजार ५०० जति द्वीप रहेको इन्डोनेसियाको नदी किनारका मैदानी भागहरूमा दशौँ लाख मानिस बस्ती रहेको छ । यी बस्तीहरू सदैव बाढीको खतरामा रहेको समेत जनाइएको छ ।
स्रोत : एजेन्सी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
TV Show
0 comments