बुटवलमा प्रध्यानाध्यापकको तलब २ हजार ४ सय मात्र
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
रुपन्देही जिल्ला बुटबलनगरपालिका भित्र रहेका एक बिद्यालय अहिले पनि बिकट गाउमा जस्तै बिद्यार्थी र शिक्षकले सम्स्या भोग्नु परेका छन।
चन्द्रकान्त खनाल रुपन्देही जेठ २५ - रुपन्देही जिल्ला बुटबलनगरपालिका भित्र रहेका एक बिद्यालय अहिले पनि बिकट गाउमा जस्तै बिद्यार्थी र शिक्षकले सम्स्या भोग्नु परेका छन ।
बुटबलनगरपालिकको वडा बुटवल–४ मैनाबगरको श्रीरामनगर टोलमा स्थानियको सक्रियतामा वि।स।२०६६ सालमा स्थापना भएको मैनाबगर प्रथमिक विद्यालयका’ दुई वटा शिक्षीकाहरुले मासिक २ हजार ४ सय रुपैया र प्रध्यानाध्यपक ले २ हजार ८ सय रुपैया तलब खादैँ आएका छन् ।
एउटा प्रथमिक तह अध्यापन गराउने शिक्षकको तलब कति हुन्छ रु पछिल्लो समयमा नेपाल सरकारले तोकेको वेशिक तलव १३ हजार भन्दा बढि छ । तर रुपन्देहीको बुटवल नगरपालिका भित्रको एक विद्यालयमा अध्यापन गराउने शिक्षिकाले विगत ५ बर्ष देखि २ हजार ४ सय रुपँैया पाउदै आएका छन् । विद्यालय परिषरमा अस्तव्यत्त रुपमा छरिएका निर्माण सामग्री ६ कोठाको एक एनजिओले निर्माण गरिदिएको भवन विद्यालयको सम्पत्ती यति हो ।
विभिन्न क्लवको सहयोगमा डेक्स र बेन्च समेत व्यवस्था गरिएको छ । एक कक्षा देखि तिन कक्षा सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयमा ४४ जना विद्यार्थीहरुले अध्ययन गर्दैै आएका छन् । ती मध्ये करिव ९० प्रतिशत विद्यार्थी दलित रहेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments