दम निको गर्ने भन्दै जिउँदो माछा कपाकप
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नाक चिम्सिएको छ, आँखाबाट आँशु बगेका छन् तर मान्छेहरु जिउँदो माछा निल्न तछाडमछाड गरिरहेका छन् । हरेक वर्ष जुन महिनामा भारतको दक्षिणी हैदरावाद सहरमा दमरोगीहरुको मेला नै लाग्छ । दम रोग निको हुने आशामा हजारौँ दमरोगीहरु जडीबुटीको पहेँलो लेप लगाइएका जिउँदो माछा खान तम्तयार हुन्छन् ।
बाथिनी गड परिवारले आयोजना गर्ने माछा भोजन समारोहमा सरिक भएर जिउँदो माछा खानेहरुले यस्तो भोजनले आफ्नो दम सन्चो हुने र सास फेर्न सजिलो हुने आशा राख्छन् । जिउँदो माछामा लगाइने पहेँलो लेप विशेष खालेको जडिबुटीबाट बनाइएको हुन्छ । बाथिनी परिवारले त्यो जडिबुटीको नाम गोप्य राखेको छ र केवल आफ्नो परिवारको पुस्तालाई मात्र परम्परागत ज्ञान हस्तान्तरण गरेर आम्दानीको माध्यम पनि बनाएको छ । सन् १८४५ मा एकजना हिन्दु पुजारीले आफुहरुलाई जडिबुटीको सूत्र दिएको दाबी परिवारको छ ।
त्यो जडिबुटी जिउँदो माछाको भुराको मुखमा कोचिन्छ अनि त्यो माछालाई रोगीको मुखमा राखिन्छ । त्यसपछि माछा आफै चिप्लँदै रोगीको घाँटीबाट छिर्छ ।
तिन वर्षसम्म लगातार यसरी जडिबुटी सहितको माछा खाएमा दम रोग निको हुने बाथिनी परिवारको दाबी छ । यसरी माछा खाएपछि ४५ दिनसम्म राम्ररी मुख बार्नुपर्ने र सात्विक खानेकुरा मात्र खानुपर्ने सुझाव रोगीलाई दिइन्छ । यस्तो माछा भोजन निशुल्क प्रदान गर्ने गरिएको छ । त्यसैले पनि हजारौँ दमरोगीहरु माछे उपचारको लागि झुम्मिने गर्छन् ।
माछा उपचारका केही दृश्य भने भयानक लाग्छन् । माछा निल्न डराउने कतिपय बच्चालाई समातेर, चेँपुमा अठ्याएर, मुख खोलेर तथा नाकमा दबाएर मुखमा माछा कोच्याइन्छ । माछा उपचार मेलाको लागि भारत सरकारले नै विशेष सुरक्षा व्यवस्था मिलाइदिने गरेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments