८५ वर्षमा एसएलसी पास गर्ने राइटरबाजे रहेनन्
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१० असार, काठमाडौं । ८५ वर्षको उमेरमा एसएसली पास गरेर राष्ट्रिय चर्चामा आएका राइटर बाजे अर्थात बलबहादुर कार्कीको सोमबार राति निधन भएको छ । ०५७ सालमा ८५ वर्षको उमेरमा एसएलसी पास गरेका राइटर बाजेको ९९ वर्षको उमेरमा सोलुखुम्बुको काँगेलस्थित निवासमै निधन भएको हो ।
सदरमुकाम सल्लेरीबाट ५ घण्टा पैदल हिँडेपछि पुगिने काँगेल गाविस-८ घर भएका राइटर बाजेले ०५७ सालमा जीवनजायोति उच्च मावि नेलेबाट एसएलसी उत्तीर्ण गरेका थिए । गाई गोठालो गर्दै एसएलसी दिएर उत्तीर्ण हुन सफल उनले पढ्नलाई उमेरले नछेक्ने सन्देश दिएका थिए । ‘पढ्नु भनेको जान्नु-बुझ्नु हो, जागिरै खानुपर्छ भन्ने छैन’ भन्ने राइटर बाजेले एसएलसी उत्तीर्ण गरेपछि भने पढाईलाई अघि बढाउन सकेनन् ।
बाँचुन्जेल चर्चामा
पटक पटक दिँदा पनि असफल भएका राइटर बाजे ८५ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेपछि चर्चामा आए । बयोबृद्ध उमेरमा एसएलसी गरेपछि उनलाई भेट्न सोलुखुम्बुको दुर्गम गाविस काँगेलमै सञ्चारकर्मीदेखि अन्य पेशा व्यवसायका मानिस पनि पुग्ने गर्थे ।
राइटर बाजेले बि्रटिस सैनिकमा समावेश हुँदै दोस्रो विश्वयुद्द समेत लड्न भ्याए । घर नजिकैको काँगेल विमानस्थल बनाउनका लागि राइटर बाजेले १ सय ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।
प्रेरणाको स्रोत बन्न सफल बेलायती सैनिकका पूर्व सदस्य राइटर बाजेको आधा जीवन भने गोठालो गर्दैमा बितेको थियो ।एक पटक एसएलसी दिँदैमा आत्महत्या रोज्ने र निराश हुनेहरुका लागि उनी प्रेरणाका गतिलो स्रोत थिए । राइटर बाजेका दुईजना छोरा, चारजना छोरी, १८ जना नातिनातिना र ११ जना पनाति-पनातिना रहेका छन् ।
प्रधानमन्त्री बन्न नारायणहिटीमा निवेदन
बुढेसकालमा एसएलसी उत्तीर्ण गरेपछि चर्चा कमाएका राइटर बाजे तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा प्रधानमन्त्रीका आवेदन हालेका थिए ।
शाही शासन चलेका बेला ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीका लागि स्वच्छ छविको व्यक्तिबाट निवेदन मागेपछि उनी पनि निवेदन हाल्न नारायणहिटी पुगेका थिए । ८७ वर्षको उमेरमा प्रधानमन्त्रीका लागि नारायणहिटीमा निवेदन दर्ता गराउन उनी सोलुखुम्बुबाट काठमाडौं आएका थिए ।

Category: News

0 comments