Hindi Films

जीवन र आर्यन मात्र हिरो, अरु खोई ?

Unknown | 09:49 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपालमा यतिबेला जम्मा २ जना मात्र हिरो छन् भन्दा हुन्छ । अवार्डको लागि सार्वजनिक गरिएका नोमिनेशनलाई आधार मान्ने हो भने हिरोको रुपमा नायकद्धय जीवन लुइटेल र आर्यन सिग्देल मात्र देखिन्छन् । दयाहाङ राई र सौगात मल्लले दुई हिरोलाई चुनौती दिइरहेका छन् । तर दयाहाङ र सौगातलाई फरक बिषयका सिनेमाका कलाकार भन्ने गरिन्छ । दुई चर्चित कलाकारले अभिनय गरेका फरक बिषयका सिनेमा बजारमा धेरै आएका छन् । यसैले दयाहाङ र सौगातलाई छोड्ने हो भने, बजारमा आर्यन र जीवन मात्र देखिएका छन् । यो बर्ष नेपालमा आधा दर्जन बढी अवार्ड कार्यक्रम हुने पक्का छ । केही कार्यक्रम भैसके भने केहीको नोमिनेशन सार्वजनिक भैसकेको छ त केही हुने तयारीमा छन् । भैसकेका अवार्ड र नोमिनेशन सार्वजनिक भएकालाई हेर्ने हो भने नायक विधामा जीवन र आर्यन हाबी छन् ।
अन्य नायक खोई त ? के उनीहरुले दुई नायकसँग प्रतिस्पर्धा गर्न सकेनन् या उनीहरु विकल्पको रुपमा मात्र देखिएका हुन्, प्रश्न उठ्न थालेको छ । विराज भट्ट र निखिल उप्रेती हराएसँगै आर्यन र जीवन उदाएका हुन् । नायक राजेश हमाल अहिले पर्दा भन्दा पर्दा बाहिर बढी चर्चित छन् । नेपाली सिनेमा बजारमा बर्षमा १ सय सिनेमा बन्छन् । जसमा जीवन र आर्यनले अभिनय गरेका २-४ वटा मात्र सिनेमा छन् । बाँकी सिनेमाका नायक कता हराए, उनीहरुको चर्चा बजारमा खै त ? के धेरै हिरो बन्नका लागि मात्र हिरो भए या दुई चार दिने चर्चाका लागि मात्र ? निर्माताहरुको रोजाइमा आर्यन र जीवन पहिलो नम्बरमा छन् । अवार्ड कार्यक्रमदेखि मिडियामा जीवन र आर्यन मात्र छाएका छन् । नायिकाहरुको हकमा भने यस्तो खडेरी देखिएको छैन । आधा दर्जन हिरोइन खोज्न सिने बजारलाई खासै गाह्रो छैन । तर नायकहरुमा भने २ पछि को, घोत्लिनै पर्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments