Hindi Films

कार दुर्घटनामा भारतीय मन्त्रीको मृत्यु

Unknown | 02:31 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जेठ २०, काठमाडौं । दिल्लीमा भएको कार दुर्घटनामा भारतका केन्द्रीय ग्रामिण विकास मन्त्री गोपीनाथ मुन्डेको निधन भएको छ । उनी सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता समेत हुन् । भारतीय संचारमाध्यमहरूका अनुसार अाज बिहान ६ बजे उनी अाफ्नो गाडीमा दिल्लीस्थित निवासबाट मुम्बुई जान बिमानस्थलतिर गइरहेका थिए । सोहीक्रममा पछाडीबाट अाएको सबारी साधनले उनी सवार गाडीलाई ठक्कर दिएको थियो । मुन्डे कारको पछिल्लो सिटमा बसेका थिए ।
दुर्घटनालगत्तै उनका सवारीचालकले अस्पताल पुराएका थिए । अस्पताल पुग्दा उनको श्वासप्रश्वास रोकिइसकेको चिकित्सकले बताए । उनको शरीरमा बाहिरी चोट नभएकाले दुर्घटना परेपछि हृदयघात भएको हुन सक्ने बताइएको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले मुन्डेको निधनको पुष्टी गरेका छन् । उनको भारतीय समय अनुसार विहान ७ बजेर २० मिनेटमा निधन भएको हो । भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले मुण्डेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । मुन्डेको बुधबार अन्त्यष्टी गरिनेछ । मुन्डे महाराष्ट्रका मुख्य नेता थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments