Hindi Films

साजिदले तमन्ना च्यापेपछि विपाशालाई तनाव....

Unknown | 06:21 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हमसकल’ अहिले सर्वाधिक चर्चामा छ । चलचित्रको चर्चा यसका नायकद्धय सैफअली खान र रितेश देशमुखको महिला अवतारका कारण पनि हो । साजिद खानको निर्देशनमा तयार भएको यो सिनेमामा तमन्ना भाटिया, इशा गुप्ता र विपाशा वासु पनि छन् । तर चलचित्रको प्रमोशनमा विपाशा देखिएकी छैनन् ।
चलचित्रको प्रचारमा नायिकाद्धय तमन्ना र इशालाई मात्र देखिन्छ । यसको पछाडिको कारण विपाशाको निर्माणपक्षदेखिको असन्तुष्टी हो । चलचित्रको डबिङसम्ममा एउटा कुरा बोलेका निर्देशक साजिद खानले यसपश्चात बोली फेरेपछि विपाशा प्रचारबाट टाढिएकी हुन् । साजिल आफ्नी पूर्व प्रेमिका ज्याकलिन फर्नान्डेजलाई छोडेेपछि तमन्ना भाटियासाग नजिक छन् । यसैले उनले प्रचारमा पनि तमन्नालाई नै अगाडि बढाएका छन् । जसका कारण विपाशाले प्रचारमा हिड्न अस्विकार गरेको बताइन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments