यता पुलिस पोर्न हेर्नमा व्यस्त उता कैदीको मृत्यु
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
लण्डन (एजेन्सी)– पुलिस स्टेसनमा बसेका पुलिसको काम के हो ? सबैले भन्लान् पुलिसको काम देशको रक्षा गर्नु, मानिसहरुको आपत्विपत्लाई हेरबिचार गर्नु र कैदीहरुको अवस्थाका बारेमा जानकार हुनु हो । हो, पुसिलको काम यस्तै यस्तै प्रकृतिको हुन्छ तर एक पुलिस स्टेसनमा बसेका सिपाहीको काममा यी कामहरु परेनन् । पुलिस स्टेसनमा सिपाही पार्न फिल्म हेर्नमा व्यस्त र त्यतै एक कैदी हृदयघातका कारण मृत्यु भयो ।
ब्रिटेनमा पुलिसको लापरवाहिको बारेमा छापिएको एक रिपोर्टमा सन् २०१० को यो घटनाको खुलासा भएको छ । इन्डिपेन्डेन्ट पुलिस कम्प्लेन्ट्स कमिसनले आफ्नो रिपोर्टमा पुलिसको तर्फबाट भएको थुप्रै प्रकारको गल्तीको खुलासा गर्दै पुलिसको यस्तो व्यवहार स्विकार्य नभएको जनाएको छ ।
डेली मेल पत्रिकाको अनुसार वेस्ट मिडल्याण्ड्सका स्ट्याटफर्ड पुलिस स्टेशनको एक घटनाले पुलिस विभाग र समाजमा तहल्का मच्चाउने मानिएको छ । यो स्टेशनमा सन् २०१० को अगस्ट ४ मा ३९ वर्षका लयड बटलरको हृदयघातका कारण मृत्यु भएको थियो । सिसिटिभी फुटेजबाट थाहा पाइयो कि जब पुलिस अफिसरले बटलरको निगरानी गर्नुपर्ने थियो तब उनी एक कम्प्युटर स्क्रिनमा अटल भएर हेरिरहेका थिए ।
उनको मृत्युको बारेमा जुन रिपोर्ट दिइएको थियो, त्यसमा अफिसरले बटलरको राम्रोसँग हेरबिचार गरिएको जानकारी दिएका थिए तर आइपीसीसीबको रिपोर्ट बताउँछ कि सिसिटिभी फुटेजबाट कोही अफिसर पोर्न हेरिरहेको र कोही फेसबुकमा व्यस्त भएको दाबी गरेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments