कतारमा एक नेपालीलाई मृत्युदण्डको घोषणा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
असार-२ दोहा । नेपालीको हत्याको अभियोगमा स्याङ्जाका कुशल कार्कीलाई कतारस्थित तल्लो अदालतले मृत्युदण्डको फैसाला सुनाएको छ । कतार अदालतको क्रिमिनल कोर्टले मार्च ३१ मा गौढ-१, स्याङ्जाका कार्कीलाई मृत्युदण्डको सुनुवाई गरेको हो ।
कतारस्थित तल्लो अदालतले कार्कीबिरुद्ध सन् २०१२ अक्टोबर २० मा जलेश्वर-१३, महोत्तरीका मोहम्मद इर्शाद अन्सारीलाई हत्या गरेको ठहर गरेको हो । अदालतले गरेको मृत्युदण्डको फैसलाबारे कतार स्थित नेपाली कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराएको जानकारी दिएका छन् ।
राजदुत ढकालका अनुसार अभियुक्त र हत्या गरिएका व्यक्ति दुवै नेपाली भएकाले परिवारहरूबीच आपसी सहमति भए मृत्युदण्डबाट कार्कीलाई जोगाउन सकिने छ । कतारको कानुनमा पीडित परिवारले पीडक पक्षले दिएको 'ब्लडमनी' स्वीकारे अदालतले माफी दिन सक्छ । जस अनुरुप कतारमा ब्लडमनीबापत ५२ लाख नेपाली रुपैयाँ दिने नियम छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments