बत्तीस वर्षपछि एसएलसी पास एसएलसी उत्तीर्ण गर्ने जिल्लाकै जेठो परीक्षार्थी....
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३१ जेठ, इलाम । मानिसले जीवनमा कहिले हरेस खानु हुदैन, धैर्य गरे एकदिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेका छन् इलाम बरबोटेकी निर्मला सञ्जेल ।
बरबोटे गाविस ७ की ५३ वर्षीया निर्मलाले यसपटक भने एसएलसी परीक्षा पास गरेकी छन् । उनी खुलातर्फबाट एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण भएकी हुन् । पहिलोपटक विसं २०३९ सालमा एसएलसी परीक्षा दिएकी निर्मलाले पटक-पटक दिँदा पनि उत्तीर्ण गर्न सकेकी थिइनन् ।
यसपटक भने भक्तपुरबाट परीक्षा दिएकी थिइन् । सम्भवतः एसएलसी उत्तीर्ण गर्ने उहाँ जिल्लाकै जेठो परीक्षार्थी भएको दाबी शिक्षा कार्यालयको छ ।
पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिन र महिलालाई पढाइप्रति जागरुक बनाउन पनि पाको उमेरमा अध्ययनलाई निरन्तरता दिएको निर्मलाले बताइन् । रासस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments