Hindi Films

विश्वकपमा आज बेलुकी तीन खेल हुने, यस्ता छन प्रतिस्पर्धी टिम

Unknown | 01:29 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, आषाढ २ । विश्वकप फुटबल अन्तर्गत आज वेलुकी पौने १० वजे हुने खेलमा जर्मनी र पोर्चुगल भिड्नेछन् । युरोपेली फुटबलका दुई शक्ति राष्ट्रहरुविचको यो भिडन्तलाई निकै महत्वपुर्ण मानिएको छ । यो समुहबाट अर्को चरण प्रवेश गर्ने संभावनालाई यो खेलले प्रभावित पार्न सक्ने विज्ञहरुको अनुमान छ । तीन पटक विश्वकप जितेको जर्मनी चौथो उपाधिको खोजीमा रहेको छ । थोमस मुलर, मारीयो गोत्जे, लुकास पोडोल्स्की जस्ता स्ट्राईकरहरुले भरीएको जर्मनीसँग सामी खेदिरा, मेसुत ओजिल, फिलिप लाम जस्ता विश्व स्तरका मिडफिल्डरहरु छन् । रक्षा पंक्तिमा पनि सशक्त जर्मनीलाई निकै सन्तुलीत टोली मानिएको छ । उता विश्वस्तरका खेलाडीहरु हुँदापनि अहिलेसम्म विश्वकपको उपाधि जित्न नसकेको मुलुक पोर्चुगल आफुलाई विश्व विजेताहरुको सुचीमा उभ्याउन चाहन्छ ।
पोर्चुगल युरोपेली समुहको प्ले अफबाट विश्वकपमा पुगेको टोली हो । स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोको टोलीमा उनलाई सघाउने अन्य खेलाडीहरुको भने खडेरी रहेको छ । विश्वकप अन्तर्गत आज राती पौने १ वजे हुने खेलमा ईरान र नाईजेरीया भिड्नेछन् । एशीयाली राष्ट्र ईरान र अफ्रिकी राष्ट्र नाईजेरीयाविचको खेल दुवै टोलीका लागि निकै महत्वपुर्ण रहेको छ । समुहको अर्को खेलमा अर्जेन्टिना विजयी भईसकेको अवस्थामा ईरान र नाईजेरीया पनि अर्जेन्टिनासँग भिड्नुपुर्व ३ अंक बटुल्न चाहन्छन् । जारी विश्वकपमा एशीयाली राष्ट्रहरुले गरीरहेको खराब प्रदर्शनलाई टुंग्याउदै ईरान विजयी सुरुवात गर्न चाहन्छ । इंग्लीश प्रिमियर लिगमा खेलीरहेका अस्खान डेजागा ईरानका मुख्य तथा चर्चीत स्ट्राईकर हुन् । उता नाईजेरीयाका भने ९० प्रतिशत खेलाडी युरोपियन लिग खेल्छन् । भिक्टर मोसेस, सोला एमिओबी, जोन ओबी मिकेल लगायतका खेलाडीहरुले नाईजेरीयाको आक्रमणको जिम्मा समाल्नेछन् । विश्वकप फुटबल अन्तर्गत भोलि विहान पौने ४ वजे हुने खेलमा घाना र अमेरीका भिड्नेछन् । घाना अफ्रिकी समुहबाट विश्वकपमा छनिएको टोली हो भने अमेरीका मध्य तथा उत्तर अमेरीकी समुहबाट लगातार विश्वकपमा आउन सफल राष्ट्र हो । जोर्डन आयेउ, आसामोवा जियान, केभिन प्रिन्स बोआटीङ, सुली मुन्तारी, माईकल एसेन लगायतका युरोपीयन लिगमा जमेका खेलाडीहरु रहेको घाना विश्वकपमा कुनैपनि राष्ट्रलाई स्तब्ध पार्न सक्ने टोली हो । उता अमेरीका पनि विश्वकप फुटबलमा आफुलाई स्थापित गर्न सफल राष्ट्र हो । कोन्काकाफ क्षेत्रको छनौटमा पहिलो भएको राष्ट्र अमेरिका विश्वकपमा पनि त्यही फर्ममा खेल्न चाहन्छ । जर्मन प्रशिक्षक यर्गेन क्लिन्सम्यानको प्रशिक्षणमा रहेको अमेरीकालाई यसपटक अर्को चरण पुग्न दावेदार मानिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments