Hindi Films

म्यानपावरबाट सतित्व लुटिएकी विपना भन्छिन्- मलाई बेच्नेको जेलको बास होस् !!

Unknown | 06:08 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
ज्ञानेन्द्र खड्का २१ जेठ, काठमाडौं । उमेरले १७ नकटेकी किशोरी विपनाले अब सपना देख्न छाडेकी छन् । सुखसयलमा जीवन जिउने सपना सबैको कहाँ पूरा हुन्छ र ? हो यस्तै अधूरो, अपूरो अनि अभिशप्त सपना बिर्सन खोज्दै छिन् झापा बिर्तामोडकी बिपना । कहिलेकाहीँ आफैंले देखेका सपनाले जीवनमा आँधी हुरी ल्याइदिन्छ । यस्तै आँधीहुरीको शिकार भएकी बिपना बुधवार ललितपूरको स्टाफ कलेजमा भेटिइन् । उनी आफूजस्तै सपना उजाडिएका चेलीहरुको राष्ट्रिय भेलामा उपस्थित थिइन् ।
शक्ति समूह र महिला मन्त्रालयले बुधबार ललितपुरको जावलाखेलमा आयोजना गरेको ‘बेचबिखनबाट प्रभावितहरुको राष्ट्रिय भेला’को एउटा कुनामा कुरा गर्दा बिपनाले आफ्ना टुक्रिएका सपनाहरु सुनाउँदै थिइन् । सम्बृद्ध जीवनको सपना बोकेर विदेश उडेकी बिपनाले आफू लुटिएको कहानी सुनाउदा आँखाबाट आँशुको मूल फुटिरहेको थियो । ‘मलाई उनीहरुले यसरी लुटे कि अब मसँग केही बाँकी रहेन’ कुराकानीको शुरुवात उनले यसरी गरिन् । उनको गोपनीयताको संवेदनशीलताका कारण तस्वीर र पूरा नाम दिन हामी असमर्थ छौं । बिपना बिर्तामोडकै एक विद्यालयमा कक्षा ९ मा पढिरहेकी थिइन् । घरकी एक्ली छोरीलाई बाबुआमाले ज्याला मजदुरी गरेर भएपनि पढाइरहेका थिए । सुन्दर शरीर र सहज स्वभावनै उनका लागि अभिशाप बन्यो । उनकै टोलमा घर भएका विर्तामोडमा ग्लोबल म्यानपावरको शाखा चलाएका अमृत गिरीले नजर लगाउन थालेपछि उनका दुःखका दिन शुरु भए । विपनाको घरको कम्जोर अवस्थाको फाइदा उठाउँदै गिरीले धेरै पैसा कमाउने काम मिलाइदिने भन्दै ०७० मंसिरबाट फकाउन थाले । विपनाले आफूले बाबुअमाआलाई छोडेर कहीँ जानु छैन भन्दा पनि विदेश पठाइदिएर धेरै पैसा कमाउने काममा लगाइदिने भन्दै गिरीले फकाउन थाले । शुरुमा राम्रा राम्रा सामान किनिदिने र माया देखाउन थाले । दुःखले चलिरहेको दैनिकीबाट मुक्ति पाउने लोभमा परेर भर्खर बैंशमा प्रवेश गर्दै गरेकी विपना तीनै अमृत गिरीको जालमा फस्न पुगिन् । ‘मलाई फकाएर अमृत गिरी र उनका साथीहरुले बिर्तामोडमै रहेको म्यानपावरको कार्यालयमा राख्न थाले’, विपनाले भन्छिन् पैसा कमाउने सपना देखाउँदै विद्यालय जान नदिई म्यानपावरमै बोलाउन थालेपछि मैले घर र बाबु आमा पनि भुल्न पुगेछु ।’ म्यानपावरमा बोलाउन थालेपछि गिरीसहितले लोभलालच देखाएर फकाउँदै यौन शोषणको श्रृंखला शुरु गर्न थाले । ‘मेरो आब्रकु लुटेपछि भारतमा घर भएको धनी मान्छेले तिमीलाई साहै्र मन परायो, उसैसँग विहे गर भनेर दवाव दिए’, विपनाले भनिन्, ‘ बाबुआमालाई छलेर एउटा गल्ती गरिसकेकाले घर र्फकन सक्ने अवस्थामा थिइन् । बिर्तामोडकै दुर्गा मन्दिरमा लगेर चिन्दै नचिनेको मान्छेसँग गिरीले मेरो विहे गरिदिए ।’ सुखी जीवन बनाइदिने भनेर गिरीले आफ्नो आफ्नो इज्जतमाथि खेलबाड गरिसकेकाले उसको सबै कुरा मान्न बाध्य हुनुपरेको विपनाको भनाइ छ । दुर्गा मन्दिरमा सिन्दूर पोते गराएपछि विपनालाई थुनेर राखेकै होटलमा भोजभतेर समेत खुवाइएछ । भोजभतेर गराएपछि विपनालाई बेहुली नै बनाएर नेपाली सीमाना कटाइयो । ‘मलाई विहे गरेको भनेर भारतको केरला पुर्‍याइयो, शुरुमा त महारानी बनाएर राख्ने भन्दै मेरो सिउँदो रंग्ााउनेले माया गरेजस्तो गर्‍यो’, विपनाले भनिन्, ‘तर महिना दिन काट्न थालेपछि शुरुमा माया गरेको मान्छेले अत्याचार गर्न थाल्यो’ । उसले भनेका सबै कुरा मान्नुपर्ने बाध्यता थियो, समय बित्दै गएपछि पति बताउनेले बिक्री गर्न ल्याएको कुरा नेपाल फर्केपछि मात्र उनले थाहा पाइन् । विपनाले भनिन्, ‘मलाई शोषण गरेर भारतका नागरिकलाई जिम्मा लगाएपछि यता गिरी भने ढुक्कले बसेको रहेछ ।’ यसरी फर्कें नेपाल विपना हराएपछि उनको अवस्था पत्ता लगाउन माग गर्दै उनका बाबुआमाले प्रहरीमा उजुरी दिएपछि मात्रै खैलाबैला भयो । गिरीलाई पक्राउ गरेर विपनालाई उपस्थित गराउन इलाका प्रहरी कार्यालय बिर्तामोडले दबाव दिएपछि उनको खोजीनीति शुरु भयो । ‘नेपालमा खोजी हुन थालेपछि गिरी नै मलाई लिन पुगेका थिए, मेरो पति भनाउदो मोबाइल स्वीचअफ गरेर भाग्यो’, विपनाले भनिन्, ‘मलाई नेपाल ल्याइदिएपछि गिरी ढुक्कले उन्मुक्ति पाउने सोचमा रहेछ ।’ विपनालाई बेचविखन गरेको अभियोगमा उजुरी दिएपनि प्रहरी सजिलै मुद्दा दर्ता गर्न तयार भएन । ‘मैले प्रहरीमा घटनाबारे बयान दिएपछि मात्रै गिरी र मलाई बेहुली बनाउने भारतीय विरुद्द अदालतमा मुद्दा दर्ता भयो’, विपनाले सुनाइन्, । इलाका प्रहरी कार्यालय विर्तामोडमाा गिरी परिवारकै इन्स्पेटक्टर रहेछन् । उनले पनि अमृतलाई जोगाउन खोजेको कुरा सुनेका विपनाले बताइन् । इलाका प्रहरी कार्यालयबाटै मुद्दा कम्जोर बनाइएपछि जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गर्न आदेश दियो । ‘मलाई बेच्न भारत पुर्‍याउने गिरीलाई जिल्ला अदालतले धरौटीमा छाडेपछि मेरो घरमा रुवाबासी चल्यो’, विपनाले भनिन्, ‘अदालतले धरौटीमा छाडेपछि गिरीले पैसाको लोभ देखाएर मुद्दा मिलाउन फकाए, बाबुआमाले नमानेपछि तेरै छोरी उस्ती भन्दै धम्क्याउन थाले ।’ जिल्ला अदालतले उन्मुक्ति दिएका गिरीलाई पुनरावेदन अदालतले थुनामा राख्न केही दिनअघि आदेश दिएको छ । गिरी अहिले अदालतको म्याद गुजार्दै मुद्दा मिलाउन दौडधुप गरिरहेका छन् । लगातार शोषणमा परेकी विपनालाई नेपाल फर्कार्एपछि फागुनबाट उनी काठमाडौं सेफ हाउसमा बस्दै आएकी छन् । ‘गिरीले मुद्दा मिलाउने भन्दै अहिले पनि बाबुआमालाई दबाव दिइरहेका सुन्दैछु’, विपनाले भनिन्, ‘मलाई अन्याय गर्ने गिरीलाई जेलमा थुनेको हेर्न चाहान्छु ।’ विपना अहिले काठमाडौंमा सेफ हाउसमा बसेर ९ कक्षामा पढिरहेकी छन् । गाउ फर्केर जीवन सहज बनाउने बिपनाको सपना पनि अहिलेसम्म साकार हुन सकेको छैन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments