सर्वनाममा झ्याउरे र रोधी यसरी घन्कियो !!
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बिहिबार साँझ सर्वनाम थिएटरमा झ्याउरे, रोधी भाका लगायतका मिठा लोकगीत घन्किएका छन् । सर्वनाम थिएटरले गर्दै आएको सांगीतिक कार्यक्रम ‘फ्यूजन वेव’को तेश्रो संकरणमा बिहिबार नेपाली लोकगीत प्रस्तुत गरिएको हो ।
गायक तथा फोेटो पत्रकार नबिन गुरुङले स्वर्गिय प्रविण गुरुङको गीतसँगै आफ्ना कौडा, चुड्का तथा पश्चिमेली झ्याउरे गीत सुनाएका थिए ।
गायक नविन गुरुङले आफ्नै शब्द तथा संगीतको कौडा चुड्का र ‘सलल पानी गंगाको तिरैमा’ गाउँदा सर्वनाममा उपस्थित दर्शकले पनि साथ दिएका थिए । यस्तै अर्का गायक शिव अधिकारीले पुर्वेली झ्याउरे तिरिमिरी लाकुरे छायाँ तथा धिमाल सुनाए । यो सांगीतिक कार्यक्रममा श्रीतारा ब्याण्डले विभिन्न लोक फ्यूजन संगीत सुनाएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments