Hindi Films

विश्वकपमा फ्रान्सले होण्डुरसलाई हरायो

Unknown | 14:13 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२ असार, काठमाडौं । फ्रान्सले ब्राजिल विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार विहान भएको खेलमा फ्रान्सले १० खेलाडीमा सिमित होण्डुसरलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलमा होण्डुरस पहिलो हाफको अन्तिमतिर १० खेलाडीमा सिमित भएको थियो । ४३ औं मिनेटमा पल पोग्बालाई पेनाल्टी एरियामा फल गरेपछि विल्सन प्लासिओसले रातो कार्ड पाए भने फ्रान्सले पेनाल्टी पायो । जसमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।
दोस्रो हाफको ४८ औं मिनेटमा होन्डुरसका नोएल भालाडेर्सले आफ्नो पोष्टमा गोल गरे । बेन्जिमाको क्लोज रेन्जको लेफ्ट फुट टस रोक्न खोज्दा उनले आत्मघाती गोल गरे । खेलको ७३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए । प्याटि्रक इभ्राको पासमा उनले बेन्जिमाले टप राइट कर्नरबाट गोल गरे ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments