लघुकथा - "वास्तविक प्रेम"
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
वास्तविक प्रेम ! लघुकथा
एम .ए. जलद का सृजनाहरु
"सानी मलाइ छोडेर नजाउ म तिम्रो लागि जे पनि गर्छु भन, मनको कुरा खोलेर भन्न सक्छ्यौ ?""लोचनले ऋतुलाई सम्झायो लोचनको कुरा सुन्ने बितिकै रिश्को आबेगमै ऋतुले भनि - "म रामेसंग जान लागेकी म आमा बन्न सकिन त्यसैले ऊ पनि लक्का जवान छ म उसैको पसिनामा हराउन चाहन्छु यो महल मेरो चिहान जस्तै छ, यौन, प्रेम, चाहना, नबुझ्ने मान्छेको मन प्राणहिन जीवन एक चिहान झैँ हुन्छ रामे ल दुवै यहि घरमा बस म लागें तिम्रो घरजम राम्रो होस् म यहि खोजीमा थिएँ यिनलाई बेश्यालयमा बेच्न लाग्दै गर्दा दलाल बाट मुस्किलले बचाएर ल्याएको थिए, पौढ शिक्षा पढेर आज यत्तिको भइन मलाइ समाजले जे जस्तो देखोस मलाइ मतलव छैन मेरो उद्देश्य ऋतुको जीवनको सवाल छ ।
ऋतुले बल्ल आज वास्तविक कुरा बुझी उसको नजिक एक पत्रिका थियो ट्युब बेबीको बारेमा लेखिएको थियो, उसले आफ्नो कुरा यथार्थ भनि हो हजुर जीवित रहुन्जेल हजुरकी र त्यसपछि म रामको लागि जिउनेछु मेरो सन्तान हुनेछ र समाजको कठोर ब्यबहार पनि सहनु पर्ने छैन मैले लोचनले भन्यो"- तिम्ले ठिक भन्यौ रामलाई यो कुराको पत्तो नदिनु किनकी यसले हामीलाई खतरा पनि हुनेछ, भोलि तिमीलाई यसले अनुचित दुख दिन सक्छ । म बाचुन्जेल रह्श्यमै राख ऊ दोजिया बनि उसलाई समस्यामा पर्दै गइ एकदिन ऊ रामको अंगालोमा देखे पछि ऊ हच्कियो र उ आफ्नो घर छोडेर निस्क्यो थाहा थियो लोचनलाई गर्भमा हुर्कदै गरेको रगत रामको थियो, भोलि पल्ट रामे पनि भूमिगत भयो उ एक्लै भइ उसको जीवनमा एक कठिनाइ र समस्याको आगोमा जल्दै थिइ ।
एक दिन यौटी महिला उसको घरमा देखा पर्छे ऊ आफ्नो बर्षौं हराएको लोग्नेको खोजि गर्दै आएकी थिइ उसले नै बताई।
ऋतुले यथार्थ सुनाइ ऊ रामकी श्रीमति भएको बताई किनकी उसलाई अन्तै बिबाह गर्न लगिदै थियो उसको प्रेम रामे संग भएकोले भागेर रामको घरमा आई रामलाई केटा पक्ष्य र केटीपक्ष दुबैले सफाया गर्ने कुरा सुने पछि ऊ रातारात भागेर याँहा आएको थियो यतै ऋतुको संसारमा हरायो ।
ठुलो पहाडले उसलाई एकै चोटी थिचे झैँ भयो उसलाई ऊ उम्कन खोजि झन् दलदलमा पुगी रामकी श्री मतिले राम्रो गरि सम्झाई हेर बहिनी यी पुरुष भनेका गोही हुन् अजिङ्गर हुन् उनीहरु आफ्नो शिकारलाई अमानुषिक पाराले शिकार गर्छन ।
ऊ सुत्केरी नहुन्जेल त्यहि बसी आफ्नै सन्तान सम्झेर हुर्काइ एक दिन उसको लोग्ने आयो ऊ आफ्नो अगाडी देख्दा उ भाग्न खोज्यो खै सकेन ।
उ दुबैको अगाडी आएर आफ्नो ब्यथा सुनायो जीवनका यथार्थ बुझे पछि सबै त्यहि घरमा आर्जिवन रहे कोठामा लोचनको तस्बिर टासिएको थियो कसैले पनि हटाएका थिएनन् । उसले आफ्नो बिगत सम्झिन्छे लोचन संगको साथ् रमझम सम्झिन्छे रामसंगको शारीरिक सम्बन्धले लोचन हराउनुको पिडा बोध हुन्छ आज ऊ आफ्नो सन्तानको सामु छैन एक्लै छे तस्बिर हेर्दा हेर्दै ऋतु बिहोस हुन्छे त्यस पछि कहिल्यै होसमा न आइ उ सदाको लागि जान्छे ।
उसको जीवनको अन्त्य यसरी हुन्छ उसको साथमा रहेको डायरीमा धेरै कुरा कोरिएका थिए आजका मानिसलाई त्यो हेर्न के फुर्सद ? चना चटपटेको हातमा पुगेछ अचानक लोचनले नजिक गएर हेर्छ ऋतुको डायरी थियो त्यो ऊ पुरानो घर फर्किदा घरको माहोल अर्कै थियो छिमेकीको घरमा गएर जानकारी लिदा ऊ पनि ऋतुको बाटोमा लाग्यो मानिसहरु भन्छन प्रेम र यौनको संसार धेरै भिन्न हुन्छ प्रेम निर्मल र यौन आसक्तिमा निहित हुन्छ,
आज लोचन र ऋतुको मिलन स्वर्गमा सम्भव भयो र दुबैको तस्बिर अचानक ठुलो हावाले उडाएर लग्यो कहाँ पुरायो पत्तो छैन जे होस् आखिरी प्रेमले मृत्युलाई साथ् दिएर गयो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:



0 comments