Hindi Films

विश्वकपमा आज राति शक्तिशाली टिमबीच प्रतिस्पर्धा, चार खेल हुने !!

Unknown | 03:08 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, आषाढ ९ । विश्वकप फुटबल अन्तर्गत आजदेखि समूहका तेस्रो तथा अन्तिम चरणका खेलहरु हुँदैछन् । यही अन्तिम चरणको खेलबाटै हरेक समूहका शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्दा पुछारका दुई टिम प्रतियोगिताबाट बाहिरिंदै घर फर्किने छन् । आज राति पौने १० बजे समूह ‘बी’बाट अष्ट्रेलिया र स्पेन तथा नेदरल्याण्ड्स र चिली भिड्दै छन् । यसअघिका दुवै खेलमा पराजित हुँदै साविक विजेता स्पेन र अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिइसकेका छन् । सान्त्वना विजय हासिल गर्दै दुवै टिम घर फर्कन चाहन्छन् । दुवै टिम नेदरल्याण्ड्स र चिलीसँग पराजित भएका हुन् ।
जारी विश्वकपमा तुलना गर्ने हो भने स्पेनभन्दा अष्ट्रेलिया बलियो देखिएको छ । यो समूहबाट नेदरल्याण्ड्स र चिलीले नकआउट चरणमा ठाउँ पक्का गरिसकेका छन् । यो खेलको विजेता समूह विजेताका रुपमा नकआउट चरणमा पुग्नेछ । विश्वकप अन्तर्गत समूह ‘ए’का खेलमा राति पौने १ बजे ब्राजिल र क्यामरुन तथा क्रोएसिया र मेक्सिको भिड्दै छन् । यसअघिका खेलमा ब्राजिलले क्रोएसियालाई हराउँदा मेक्सिकोसँग बराबरी खेलेको थियो । त्यसैगरी, क्यामरुनले ब्राजिल र मेक्सिकोसँग हार बेहोरेको थियो । यो खेलमा बराबरीसम्म गरे पनि ब्राजिलले नकआउट चरणमा ठाउँ पक्का गर्नेछ । त्यसैगरी, मेक्सिकोले बराबरी गरे अर्को चरणमा ठाउँ सुरक्षित गर्नेछ भने क्रोएसियालाई जित्नैपर्ने दबाब छ । क्यामरुनले ब्राजिलमाथि फराकिलो जित हासिल गर्दा मेक्सिको र क्रोएसियाले बराबरी गरे मेक्सिको र क्रोएसिया अर्को चरणमा पुग्नेछन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments