Hindi Films

गृहमन्त्रीलाई गोली हान्न फेसबुकबाट धम्की दिने कर्मचारी रिहा

Unknown | 03:16 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०, जेठ काठमाडौं । आफ्नै बिभागीय मन्त्री बामदेव गौतमप्रति आपत्तिजनक शव्द प्रयोग गर्दै फेसबुकमा टिप्पणी गरेको अभियोगमा पक्राउ परेका गृहमन्त्रालय अन्तर्गतका कर्मचारी राजु साह रिहा भएका छन् ।
इलाका प्रशासन कार्यालय सिरहामा कार्यरत शाखा अधिकृत साहले फेसबुकमा गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर बाटो पार गरेको तस्वीरमा टिप्पणी गर्दै ‘उनको पछाडिपट्टबिाट गोली हान्नुपर्ने’ आशय व्यक्त गरेका थिए । लगतै उनलाई केन्द्रीय अनुसन्धान व्यूरोले वीरगन्जबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याएको थियो । म्याद थपका लागि मंगलवार जिल्ला प्रशासनमा लैजानु अघि नै सरकारी वकिलको कार्यालयले मुद्धा नै दर्ता नगरी रिहा गरेको साहका वकील दिपेन्द्र झाले जानकारी दिए । उनका अनुसार साहले आफूले गल्ति गरेको भन्दै माफी पत्रमा हस्ताक्षर गरेका छन् । साहका बाबु गेनालाल साहले कागज गरि छोरा जिम्मा लिएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments