ज्ञानेन्द्रको जन्मदिनमा श्रीकृष्ण-स्वेतको बिहे
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बिहे लगतै आर्यन सिग्देलले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ चल्यो । लामो समय सफल सिनेमा नदिएका नायक राजेश हमाल पनि बिहेपछि ‘हँसिया’बाट राहत पाए । सायद यही कुरालाई नै ध्यानमा राखेर होला नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का ‘कोहिनुर’ को प्रदर्शन मिति भन्दा ठिक एक महिना अघि बिहे गर्दैछन् ।
श्रीकृष्णले बिहे भव्य नगर्ने जनाइसकेका छन् । यसैले पनि दुई चर्चित अनुहारको बिहेमा तडकभडक नहुने देखिन्छ । बिहेकै दिन बेलुकी श्रीकृष्ण र स्वेताले संचालनमा ल्याएको इन्द्रेणी होटलमा पार्टी दिनेछन् ।
पार्टीमा मात्र संचारकर्मी र चलचित्रकर्मीलाई निम्तो दिने उनीहरुको भनाई छ । असार २३ गते बिहे गरेलगतै यो जोडी ‘कोहिनुर’ प्रचारमा लाग्नेछ । असार २३ गते पूर्वराज ज्ञानेन्द्रको जन्मदिन पनि हो । पूर्वराज ज्ञानेन्द्र शाहको जन्मदिनकै दिनमा श्रीकृष्णले बिहे रचाउँनु संयोग मात्र होला ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments