Hindi Films

यसरि थाह पाउने , प्रेम झुटो हो या साचो ...

Unknown | 03:29 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
धेरै कम युवाले मात्र साँचो प्रेम गर्छन्। युवाले युवतीलाई धोका दिएको धेरै घटना सुनिन्छ। यस्तो अवस्था आउन नदिन युवतीले प्रेम गर्नुपूर्व नै केही कुरामा ध्यान पुर्‍याउनुपर्छ। युवाले जानेर वा नजानेर सम्बन्धप्रतिको गम्भीरता अभिव्यक्त गरिरहेका हुन्छन्। यस्ता कुरालाई बुझ्न सके युवती युवाको फ्लर्टबा ट बच्न सक्छन्। मीठो मुस्कान युवा प्राय: युवतीलाई देखेर मुस्कुराउँछन्। मीठो मुस्कान पनि फ्लर्ट गर्ने एउटा तरिका हो। तर त्यस व्यक्तिले तपाईंलाई मन पराएको पनि हुन सक्छ। उसलाई एक पटक मौका दिएर पनि हेर्न सकिन्छ। लजाउने कुनै युवा तपाईंलाई देखेर लजाउँछ भने यसको अर्थ उसले फ्लर्ट गरिरहेको छ भन्ने बुझ्नुपर्छ। पुरु ष हुँदैमा लजाउँदैनन् भन्ने होइन तर प्राय युवाहरू युवतीलाई देखेर लजाउने गर्छन्। यो उनीहरूको प्रकृति नै हो। आई कन्ट्याक्ट तपाईं कसैसँग कुरा गरिरहनुभएको छ भने आई कन्ट्याक्ट हुनु जरुरी मानिन्छ। कुनै युवा तपाईंसँग कुरा गर्दा अरूको तुलनामा कति समयसम्म तपाईंलाई हेरिरहन्छ भन्‍ने कुराबाट उसले फ्लर्ट गरेको हो होइन पत्ता लगाउन सकिन्छ। कसैले पटकपटक तपाईंलाई हेरिरहेको छ भने उसले फ्लर्ट गरिरहेको छ भन्ने बुझ्नुपर्छ। नक्कल कहिलेकाहीँ तपाईंको पुरु ष साथी तपाईंकै नक्कल गर्न थाल्छन्। यो पनि उनीहरूको फ्लर्ट गर्ने तरिका हो। तपाईं हाँसिरहनुभएको छ भने उऊ पनि हाँस्छ। कसैलाई मन पराइन्छ भने उजस्तै बन्न खोज्नु स्वाभाविक कुरा पनि हो।
हिम्समा हात कुनै पुरु षले तपाईंको कम्मरमा हात राख्छ भने उसले तपाईंलाई मन पराउँछ भन्ने प्रस्ट हुन्छ। यसबाट ऊ धेरै आत्मविश्वासी छ र तपाईंसँग फ्लर्ट गरिरहेको छ भन्ने बुझ्नुपर्छ। छुनु कुनै पुरु षले तपाईंलाई छुन्छ भने उसलाई तपाईं राम्रो लाग्छ भन्ने बुझ्नुपर्छ। उसले भुलवश छोएको पनि हुन सक्छ। तर यसको अर्थ उसले तपाईंसँग कुरा गर्न अटेनसन खोजिरहेको छ। तपाईं पनि उसलाई मन पराउनुहुन्छ भने यसलाई नदेखे झैं गर्नुहुँदैन। शिर झुकाउनु कुनै पुरु षले तपाईंतिर शिर झुकाएको छ भने उसले तपाईंको कुरा ध्यान दिएर सुनिरहेको हुन्छ। यसको अर्थ उसले तपाईंलाई धेरै मन पराइरहेको छ। ऊ तपाईंसँग कुरा गर्न मन पराउँछ। बेचैनी : तपाईंको वरिपरि हुँदा कुनै पुरु ष बेचैन हुन्छ वा आत्तिन्छ? ऊ तपाईंसँग कसरी कुरा गर्ने भनेर आत्तिइरहेको हुन्छ। र के कुरा गर्ने भनेर बुझ्न पनि सक्दैन। आँखीभौं उठाउने कुनै पुरु ष तपाईंबाट आँखा लुकाउँछ भने उसले तपाईंलाई मन पराएको हुनसक्छ। उसले तपाईंसँग आँखीभौं उठाएर कुरा गरिरहेको छ भने तपाईं बुझ्नु सफ्लर्ट गरिरहेको छ भन्‍ने बुझ्नुपर्छ। -एजेन्सीको सहयोगमा
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments