Hindi Films

भुटान एअयलाइन्सको काठमाडौं उडान सुरु

Unknown | 16:11 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं: भुटानको निजी वायुसेवा भुटान एयरलाइन्सले काठमाडौंसम्म उडान सुरु गरेको छ। आगामी असार २ गतेबाट नियमित उडान भर्ने तयारी स्वरूप यो वायुसेवाले शनिबार भुटानको पारोबाट काठमाडौं विमानस्थलसम्म पहिलो उडान भरेको हो।
टासी एयर ग्रुपको यो वायुसेवाले कोलकाता र बैंककपछि तेस्रो गन्तव्यका रूपमा काठमाडौंलाई रोजेको हो। नौ महिनाअघिमात्रै उडान सुरु गरेको यो वायुसेवाले एयरबस कम्पनीको एक सय २२ सिट क्षमताको ए३१९ जहाजबाट काठमाडौं उडान सुरु गरेको भुटान एयरका अध्यक्ष वाङछुक दोर्जीले शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यो उडानपछि भुटानबाट काठमाडौं आउने वायुसेवाको संख्या दुई पुगेको छ। यसअघि ड्रुक एअरले नियमति उडान भरिरहेको छ। भुटानबाट काठमडौं आउने तथा नेपालबाट भुटान जाने पर्यटकको सुविधाका लागि यो उडान सहज हुने भुटान एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत फाला दोर्जीले बताए। उनका अनुसार यो वायुसेवाले आगामी सेप्टेम्बरसम्म हरेक सोमबार र बिहीबार उडान गर्ने भएको छ। त्यसपछि दैनिक एक उडान गर्ने योजना रहेको भुटान एअरलाइन्सले जानकारी दिएको छ। भुटान एअरलाइन्सको यो वायुसेवामा आठवटा बिजनेस क्लास, ३६ वटा प्रिमियम इकोनोमी र ७८ वटा इकोनोमी क्लासका सिट रहेका छन्। यो वायुसेवाको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी ट्राभल रहेको छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments