Hindi Films

नियमित सेक्स गर्दा यी रोगबाट बच्न सकिने , जान्नुहोस् उपायहरु ...

Unknown | 17:18 | 0 comments

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर पछिल्लो पटक गरिएको शोधमा नियमित यौन सम्पर्क गर्दा विभिन्न फाइदा हुने देखाएको छ । आउनुस् जानौं नियमित सेक्स गर्दा हुने फाइदा के के छन् । माइग्रेनबाट मुक्तिः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ । ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ । प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

Category:

0 comments