Home �
gossip
� ‘ किक’ले तोडेन साहरुखको रेकर्ड, पहिलो दिन २६ करोड
Unknown |
17:55 |
0
comments
सलमान खान अभिनित चलचित्र ‘किक’ले भारतमा करिब ४४ सय हलबाट शुक्रबार २६ करोडको व्यापार गरेको जनाइएको छ । बलिउडका चर्चित समिक्षक तरन आदर्शका अनुसार यो सिनेमाले २६.४० करोडको व्यापार गरेको छ ।
सलमान अभिनित यो सिनेमाले साहरुख खानको ‘चेन्नइ एक्सप्रेस’को रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको थियो । तर साहरुखको चेन्नई एक्सप्रेसले शुक्रबार ३३.१२ करोडको व्यापार गरेको थियो ।
‘किक’ले नेपाली बक्स अफिसमा ६० लाखको कलेक्शन गरेको छ ।
सिनेमाको ओभरसिज व्यापार ९ करोडको रहेको जनाइएको छ । ईदको पूर्व अवसरमा प्रदर्शनमा आएकाले पनि यसको व्यापार केही कम देखिएको हो । सलमान खान अभिनित चलचित्र ‘एक था टाइगर’ले पहिलो दिन ३२ करोड माथिको व्यापार गरेको थियो । सिनेमाको व्यापार आइतबारसम्म ९० करोडको हारहारीमा हुने अनुमान गरिएको छ ।
Category:
gossip
0 comments