Hindi Films

धादिङकी किशोरी पर्वतमा यसरी भइन् बलात्कृत !!

Unknown | 08:21 | 0 comments

पर्वत, श्रावण ३१ । सौतेनी आमाले घरबाट निकालेपछि अलपत्र परेकी धादिङकी एक किशोरी पर्वतमा बलात्कृत भएकी छन् । धादिङको धार्के घर भएकी १७ वर्षीया किशोरी पर्वतको मल्लाज माझफाँटस्थित वारिवेनीमा बलात्कृत भएकी हुन् । प्रहरीकाअनुसार उनलाई श्रावण ९ गते काठमाडौंबाट बेनीका लागि छुटेको रात्रीबसमा सौतेनी आमाले जबर्जस्ती चढाएकी थिइन् ।
पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले म्याग्दीको सिंगा घर भइ माझफाँट ३ वारिवेनीमा होटल सञ्चालन गरी बस्ने कमला भण्डारी, राखु भगवती ९ का गणेश भण्डारी, सोही गाविसका सुजन भण्डारी र भारतीय नागरिक अनिल शर्मालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न चारैजनाविरुद्ध मुद्दा दायर गरिसकिएको पर्वतका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । साभार : इमेज खबर

Category:

0 comments