Home �
News
� चरीको शव बुझ्ने बारे छलफल हुँदै, हामी गृहमन्त्रीको जवाफबाट निरास भयौंःसभासद घले
Unknown |
05:53 |
0
comments
१ भदाै, काठमाडौं । प्रहरीको गोलीबाट काठमाडौंको भीमढुंगामा मारिएका दिनेश अधिकारी चरीको शव जिम्मा लिएर दाहसंस्कार गर्ने वा नगर्ने बारे आज छलफल हुँदैछ । चरि मारिएको १० दिनपछि शनिवार पोष्टमार्टम भए पनि उनको शव परिवारले जिम्मा लिन मानेका छैनन् ।
चरीको हत्या भएको भन्दै दोषीमाथि कारवाही नभएसम्म शव नबुझ्ने अडान परिवारले लिइरहेका बेला आज छलफल हुन लागेको हो । छलफलमा चरीका परिवार, आफन्त, प्रेमिका खुश्बु ओली तथा धादिङका एमाले नेताहरु सहभागी हुँदैछन् ।
शव पोष्टमार्टम भइसकेको र रिपोर्ट आइसकेकाले अब कानुनी र राजनीतिक लडाइ लड्दै दाहसंस्कार गर्नेतर्फ अघि बढ्न परिवारलाई सल्लाह दिइएको एमाले स्रोतले जनाएको छ । छलफलमा धादिङ १ का सभासद धनवहादुर घले, एमाले धादिङ जिल्ला अध्यक्ष भूमी त्रिपाठी लगायतका नेता सहभागी हुने स्रोतले जनाएको छ ।
पोष्टमार्टमपछि गृहमन्त्री बामदेव गौतमलाई भेट्न गएका सभासद घलेसहित चरीका परिवार गौतमको जवाफबाट निराश बनेका छन् । गौतमले छानबीन गर्ने आश्वासन समेत नदिएपछि उनीहरु निराश बनेर विकल्प खोज्न लागेका हुन् ।

‘हामी गृहमन्त्रीको जवाफबाट निराश भयौं, घटनाको छानबीनमात्र गरिदिनुस् भन्दा पनि उहाँले प्रयास गर्छु मात्र भन्नुभयो’ भेटमा सहभागी सभासद घलेले अनलाइनखबरसँग भने । पार्टी अध्यक्ष केपी ओलीले भने छानबीनको पक्षमा अडान लिएको उनले बताए ।
पोष्टमार्टम रिपोर्टका प्रारम्भिक जानकारीअनुसार चरीको शरीरमा सात गोली लागेको पाइएको छ । ६ गोली पछाडिबाट अगाडि निस्किएको र एक गोली मेरुदण्डले छेकेर राखेको रिपोर्टमा देखाइएको अधिकारीले जानकारी दिए । गोलीले मुटु, फोक्सो र कलेजो छेडेको पाइएको छ ।
चरीको हत्या भएको भन्दै एमाले सभासदहरुले संसदमा गृहमन्त्रीको जवाफ मागेका थिए । गृहमन्त्री बामदेव गौतमले चरीको प्रहरीसँग मुठभेडमा मृत्यु भएको दावी गरे पनि एमाले सभासदले चित्त बुझाएका छैनन् । यसबीच शुक्रवार चरीका आफन्तले प्रहरीले किटानी जाहेरी नलिएको भन्दै सर्बोच्च अदालतमा परमादेशका लागि निवेदन दिएका छन् । यसको सुनुवाई सोमवार हुँदैछ ।
Category:
News
0 comments