Hindi Films

खुश्बुका बाबुले अर्पणलाई भने, ‘मेरी छोरी पढाउन खर्च गरेको प्रमाणित गर, दोब्बर फिर्ता गर्छु’

Unknown | 23:14 | 0 comments

मेरो नाम श्यामसुन्दर ओली । म पहिला इलेक्ट्रोनिक्सको व्यापार गर्थें । अहिले समाज सेवामा सक्रिय छु । मेरी छोरी खुश्बुले पनि मेरै बाटो पछ्याएकी छन् । उनको बेसहारा बालबालिकाको संरक्षण गर्ने ‘सेल्टर’ नामको संस्था छ ।
निदेश अधिकारी प्रहरीको कारबाहीमा मारिएपछि मेरी छोरीका बारेमा धेरैथरि क्रियाप्रतिक्रिया आइरहेका छन् । त्यसबाट दुस्खी छु । उनीहरुको बीचमा राम्रो सम्बन्ध थियो । त्यो सम्बन्धलाई हामीले विवाहमा परिणत गरिदिने बचन दिइसकेका थियौं । घटनाका कारणले हामी पनि दुस्खी छौं । यस्तो दुस्खकाबेला हाम्रो परिवारका बारेमा फैलाइएका भ्रमहरुबाट थप मर्माहत भएको छु ।
पछिल्लोपटक अर्पण कोइरालाले सञ्चार माध्यममा अनर्गल प्रचार गरेका छन् । जुन सर्वथा झुठ र कपोलकल्पित कुरा हो । उनले मेरी छोरी लण्डनमा पढ्दाको सम्पूर्ण खर्च आफूले व्यहोरेको दाबी गरेका रहेछन् ।
यदि उनले आफूले मेरी छोरीका लागि करोडौं खर्चेको प्रमाणित गर्न सके पनि म त्यसको दोब्बर उनलाई फिर्ता गरिदिन तयार छु । आफूले जीवनभर कमाएको पैसा खर्चेर मैले छोरीलाई लण्डन पठाएको हुँ । उनले भनेजस्तो मेरी छोरीलाई उनले लण्डन पठाएको र उनको पैसामा हामी घुमेको होइन । बरु मेरी छोरी गएको डेढ वर्षपछि उनले लण्डन देखेका हुन् ।
अर्पण धेरै समय हाम्रै घरमा बसे । हामीले उनलाई माया गरेर परिवारकै सदस्यका हैसियतमा राखेका थियौं ।
उनका बुबा अच्युतराज कोइराला र आमा चम्पासँग पनि हाम्रो नजिकको सम्बन्ध थियो र छ । उहाँहरु असल मान्छे हुनुहुन्छ । अर्पणले भने जसरी उहाँका बुबाआमाले मेरो छोराले खुश्बुलाई पढाउन पैसा लगानी गरिदिएको हो भन्नुभयो भने म विश्वास गर्न सक्छु । मलाई थाहा भएसम्म अर्पण कुलतमा लागेका थिए । उनले दाबी गरेजस्तो कुनै काम वा व्यवसाय गरेको मैले थाहा पाएको छैन । कोइरालाजीहरुको बिजुलीबजारमा एउटा घर छ । अर्को फर्पिङमा पुख्र्यौली घर र केही जग्गा छ । चम्पाजी राष्ट्र बैंकको कर्मचारी र अच्युतजी रिटायर्ड कर्मचारी हुनुहुन्छ ।
मलाई लाग्छ अर्पणले मेरी छोरी पढाउन खर्च गरेको भनिएको सात करोड रुपैयाँ उहाँहरुले दिनुभएको छैन । अर्पणले त त्यत्रो पैसा कतैबाट जुटाउन सक्ने कुरा पनि भएन । किन भने उनको काम–व्यवसाय केही पनि छैन । के उनले दाबी गरेजस्तो अर्पणले मेरो छोरीको लण्डन बसाइमा खर्च गरेको पैसाको श्रोत, बिल भपाई र बैंक स्टेटमेन्ट देखाउन सक्छन् रु तर म मेरो छोरीको पढाइका लागि आफूले गरेको खर्च श्रोतसहित खुलाउन तयार छु ।
हामीले छोराजस्तो मानेको भएर उनलाई भन्ने अधिकार छ कि पीडामा भएका बेलामा यस्ता अनर्गल र अनैतिक कुरा गरेर नहिंड । के तिमिले भनेजस्तो खुश्बुका लागि करोडौं खर्च गरेको पुष्टि गर्न सकेनौ भने त्यसबाट हाम्रो सामाजिक प्रतिष्ठामा पर्न गएको क्षतिको क्ष्तिपूर्ति उपलब्ध गराउनुपर्छ ।
साभारः काठमाडौ टुडे

Category:

0 comments