Home �
News
� घरमा कोही नभएको बेलामा छोरी बलात्कार गर्ने खोरमा
Unknown |
09:39 |
0
comments
दोधारा मानसिक सन्तुलन ठिक नभएकी झडकेली छोरीलाई बलात्कार गरेको आरोपमा एक ब्यक्ती पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय गुलरियाले कृष्णपुरका ४६ वर्षीय अबिराम सुनारलाई पक्राउ गरेको हो ।
सुनारलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । घरमा कोही नभएको समयमा आठ वर्षीय झड्केली छोरीलाई जबरजस्ती गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएकी ती बालिकाका आमा बाहिर गएको समयमा उनले करणी गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरी निरीक्षक शंकर दत्त भट्टले बालिकाको स्वास्थ्य परीक्षण गरिएको र प्रतिवेदन पछि सुनार माथि जबरजस्ती करणीमा मुद्धा चलाइने बताए ।
Category:
News
0 comments