Home �
Various
� ब्लु फिल्म हेर्दाको पत्रकार विजय कुमारको अनुभव: औसीको रात भन्दा पनि कालो हब्सी, पुर्णिमाको चन्द्रभन्दा पनि गोरी सित कब्बड्डी खेल्दै थियो ।
Unknown |
07:01 |
0
comments
 |

३७ बर्ष अघि , जीवनमा पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेका थिए । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दस रुपैयामा । सेनेमा हलको बाल्कोनी टिकट पांच रुपैया पर्ने जमानामा सुकुलमा बसेको दस रुपैया धेरै ठुलो कुरा थियो ।हुन त चिज पनि उसले ठुलै देखाउथ्यो ! त्यसैले दर्शक दस रुपैया बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेट्टी भन्थ्यो ‘यहा डराउनै पर्दैन । फस्ट सो म पुलीसको हाकिमलाइ देखाउछु । दस रुपैयामा तिन रुपैया कमिसन पनि दिन्छु । मस्त भएर हेर मोरा हो’हेर्दै जांदा शरिरमा काम ज्वरो आयो । सती सावित्री टाइप हिन्दी सेनेमा हेर्ने बानी परेको म, गोरा गोरीको कब्बडी देखेर झण्डै मुर्छा परेको । हिन्दी सेनेमामा मेरी प्रिय नायिका मिना कुमारी घुम्टो पनि बडा मुश्किलले निकाल्थिन । घु्डा भन्दा माथीको भाग देखाउलिन भनेर त दर्शकले कल्पना पनि गर्दैनथे । तर यहा ! मखन गल्लीकी गोरी त फस्ट सिनमै – छि – हामी जस्तो लाजै नमान्नेलाइ समेत लाज लाग्ने गरि काले भुस तिघ्रे सित कब्बडी खेल्न थालिन ।
मैले तिन दिन ‘सुकुलमा बसेर हेर्ने फिलिम’ हेरे । तेस्रो अनुभव कहिलै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रिनमा , औसीको रात भन्दा पनि कालो हब्सी , पुर्णिमाको चन्द्रभन्दा पनि गोरी सित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिए पछि कोठामा बत्ती बल्यो ।
उज्यालोमा देख्छु त , ए राता मकै, हाम्रो टोलमा ब्रम्हचर्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहि सुकुलमा ! हामीले एक अर्कालाइ नदेखे झै गर्यौ । दुबैको भलाइ त्यसैमा थियो । ( भाद्र २७ गते देखि बजारमा आउने पत्रकार विजय कुमारको पुस्तक ‘खुसी’ का अंश हुन यी )
 |
Category:
Various
0 comments